Tuesday 30th December 2025

कोभिड-१९ निको भएपछि तीन महिनासम्म मजबुत प्रतिरोधी क्षमता


– कोरोना भाइरस संक्रमणबाट निको भएका व्यक्तिको शरीरमा रोगप्रतिरोधात्मक क्षमता दुईदेखि तीन महिनासम्म रहने अध्ययनले देखाएको छ । मेडिकल जर्नल ‘नेचर मेडिसिन’मा प्रकाशित रिपोर्टमा यो नयाँ तथ्य उल्लेख छ ।

यो नयाँ तथ्य कोभिड-१९ विरुद्ध खोप र औषधि बनाउन सहायक हुने रिपोर्टमा उल्लेख छ । निको भएको तीन महिनाभित्र पुनः कोरोना भाइरस संक्रमणको जोखिम कम रहेको पनि अध्ययनमा देखिएको छ ।

– यो नयाँ तथ्य कोभिड-१९ विरुद्ध खोप र औषधि बनाउन सहायक हुने रिपोर्टमा उल्लेख छ । निको भएको तीन महिनाभित्र पुनः कोरोना भाइरस संक्रमणको जोखिम कम रहेको पनि अध्ययनमा देखिएको छ ।

– लक्षण नदेखिएका संक्रमितको रोगप्रतिरोधात्मक क्षमता र त्यसको चरित्र पत्ता लगाउन यो अध्ययन भएको थियो ।

– यसअघिका अध्ययनमा रोगप्रतिरोधात्मक क्षमताले नै संक्रमणबाट मुक्ति मिल्ने तथ्य पत्ता लागेको थियो । तर, संक्रमणमुक्त भएपछि रोगप्रतिरोधी क्षमता कति समय रहन्छ भन्ने निश्चित थिएन ।

– शरीरमा थोरै परिमाणमा रहेको प्रतिरोधी क्षमताले पनि भाइरसबाट बचाउने तथ्य पत्ता लागेको ‘नेचर मेडिसिन’मै प्रकाशित अर्काे अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

– चीनको वान्जाउस्थित पिपल्स हस्पिटलमा उपचाररत ७४ बिरामीमा पछिल्लो अध्ययन गरिएको हो, जसमा लक्षण देखिएका र नदेखिएका ३७–३७ जना सहभागी थिए । अनुसन्धानकर्ताहरूले लक्षण देखिएकाभन्दा नदेखिएका बिरामीको प्रतिरक्षा प्रणाली कमजोर पाइएको बताएका छन् ।

– लक्षणसहितका भन्दा लक्षणविनाका संक्रमितको शरीरमा प्रतिरक्षा प्रणाली चाँडै कमजोर बन्दै गएको पाइएको छ । संक्रमणपछि निको हुने चरणमा लक्षणविनाका संक्रमितमा रोगप्रतिरोधात्मक क्षमता ४० प्रतिशतले घट्दा लक्षणसहितका संक्रमितको शरीरमा १२.९ प्रतिशतले मात्रै घटेको पाइएको छ ।

– लक्षणसहितका संक्रमितको शरीरमा उत्पादित प्रतिरोधी क्षमता लामो समयसम्म रहने देखिएको छ । कोरोना संक्रमणको चरम अवस्थामा नाकबाट लिइएको ‘स्वाब’बाट पनि ‘आइजिजी’ नाम दिइएको एन्टिबडीको मात्रा लक्षणसहितका भन्दा लक्षणविनाका संक्रमितको शरीरमा कम पाइएको छ । लक्षणविनाका संक्रमितमा ‘आइजिजी एन्टिबडी’ ९३.३ प्रतिशत देखिएको छ भने लक्षणसहितका संक्रमितमा ९६.८ प्रतिशत पाइएको छ ।

-नयाँपत्रिका डेलिबाट


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...