Thursday 9th April 2026

माबुल्लाह क्षेत्रमा फारम भर्ने काम रोकियो


तोयानाथ उपेक्षित, आजबाट अप्रिल ३० तारिक सम्म नेपाल लगायतका केही मुलुकहरुका गैर कानूनी रुपमा रहेका श्रमिकहरुलाई स्वदेश फिर्तिका लागि आवेदन दर्ता गर्न समय दिईएको भए पनि आईसोलेट क्षेत्रमा दुतावासले खटाएका भोलेन्टियर्सलाई दर्ता फारम भरिरहेको ठाउँबाट कुवेत प्रहरीले हटाएको छ ।

महावुल्लाह व्लक ३ मा टेवल कुर्शी राखेर काम गर्ने क्रममा प्रहरीले रोकेको हो । करिब १ हजारको आसपासमा मानिसहरु जम्मा भईसकेका र स्वयम सेवामा खटिएका नेपालीहरुले २० जना जतिको फारम भरिसकेको अवस्थामा प्रहरीले रोकेर सवैलाई त्यहाँबाट हट्न भनेको डम्बर रिमालले तितोपाटीलाई बताए । उनले अगाडी भने हामी नजिकै अर्को देशले पनि त्यसरी नै डेक्स सञ्चालन गरेको थियो उनीहरुलाई पनि त्यहाँबाट हटाईएको छ । दुतावासले एम्नेष्टि कार्यका लागि दिईएको परिचय पत्र हेरेर पनि प्रहरीले उक्त कार्य गर्न मम्नु भन्दै हटाएको थियो ।

नेपाली राजदुतावासले ठाउँ तोकेर स्थानिय प्रशासन सँग समन्वय नगरेको हुदा यस्तो अवस्था आएको स्वयम सेवामा खटिएकाहरुले गुनासो गरे । सयौको संख्यामा मानिसहरु आएका र उनीहरुलाई सहयोग गर्न रोहन श्रेष्ठ लगायतका अन्य व्याक्तिहरु ले सवारी साधनको समेत व्यवस्था गरेर जोडिदै गरेको अवस्थामा काम स्थगित गर्न पर्दा सवैमा खिन्नता छाएको उनीहरुको गुनासो थियो ।

रिमालले राजदुत दुर्गा प्रसाद भण्डारीलाई त्यस सम्बन्धमा जानकारी गराईएको बताए । दुतावासले स्थानिय प्रशासन सँग छिटो समन्वय नगरे महाबुल्ला क्षेत्रमा रहने धेरै ईलिगल मानिसहरु एम्नेष्टि बाट बन्चित रहन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरे । उता नेपाली राजदुतावास कुवेतमा भने हजारौ मानिसहरु लामबद्ध भएर फारम भर्ने र ट्राभल डकुमेन्ट लिने कार्य विहानै देखि सुचारु छ ।

महाबुल्ला क्षेत्रमा सम्पर्क गर्नु भनी फारम भर्नका लागि डम्बर रिमाल , केसर घलान, राज मल्ल, नेहा राई, गोविन्द बराल मोहित र सितामान तामांग लाई जिम्मा दिएको थियो ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...