Friday 24th May 2024

नेपाल र सिङ्गापुरबीचकाे खेल रद्द


एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र सिङ्गापुरबीचको खेल रद्द भएको छ । थाइल्याण्डमा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारकाे खेलमा वर्षा प्रभावित भएपछि खेल नै रद्द हुन पुग्यो । बिहान सवा ८ बजेदेखि सुरु हुनुपर्ने खेल पानी परेर मैदान खेल्न योग्य नभएपछि टस नै नभइ अन्तिममा खेल नै रद्द गरिएको हाे । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अङ्क पाएका छन् ।

सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थनमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ । तालिकाकाे शीर्ष दुई टिमले एसिया कप छनोटका लागि स्थान बनाउने छन् । याे खेल नेपालका लागि प्रतिष्ठाका लागि भए पनि खेल नै स्थगित भएपछि नेपाल तीन अङ्क लिएर घर फर्किएको छ ।

पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो । तेस्रो खेलमा थाइल्याण्डलाई पराजित गरे पनि नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिएको थियो ।

-उज्यालो अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको…

नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको शहिद लखन थापा मगर रनिङ शिल्ड…

सेन्ट पिटर्सबर्ग शहरको अदालतका लागि प्रेस सेवाका अनुसार रूसी भौतिकशास्त्री अनातोली मास्लोभलाई देशद्रोहको दोषी ठहराइएको छ। मंगलबार उनलाई पेनल कालोनीमा…

प्रतिकृयाहरू
...