Sunday 28th December 2025

बलात्कार प्रयास गरेको आरोपमा डाक्टर पक्राउ


बलात्कारको आरोपमा नख्खुस्थित मेडिसिटी हस्पिटलका डाक्टर रोहित कुमार झालाई ललितपुर प्रहरीले सोमबार प्रक्राउ गरेको छ। उपचारको लागि आएकी एक विरामी महिलालाई आइतबार चेकजाच गर्ने क्रममा उनले भित्र कोठामा बोलाएर बलात्कार प्रयास गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ।प्रहरीका अनुसार चुकुल लगाएर बलात्कार प्रयास गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार डाक्टरले महिलालाई जाच्ने क्रममा विस्तारै गोप्य अंगमा हात लगेका थिए। त्यसपछि बलात्कार गर्न खोजेपछि महिला कराउन थालेकी थिइन्।

झालाई अहिले ललितपुर प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोष तामाङले जानकारी दिए। उनका अनुसार डाक्टरमाथि जवर्रजस्ती करणी मुद्धा उद्योग अन्र्तगत अनुसन्धान सुरु भएको छ। यदी झाको ठाउँमा महिला डाक्टर हुन्थे भने यस्तो घट्ना हुने थिएन  उनले भने- यसमा अस्पतालको पनि केही कमजोरी छ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...