Saturday 4th April 2026

बलात्कार प्रयास गरेको आरोपमा डाक्टर पक्राउ


बलात्कारको आरोपमा नख्खुस्थित मेडिसिटी हस्पिटलका डाक्टर रोहित कुमार झालाई ललितपुर प्रहरीले सोमबार प्रक्राउ गरेको छ। उपचारको लागि आएकी एक विरामी महिलालाई आइतबार चेकजाच गर्ने क्रममा उनले भित्र कोठामा बोलाएर बलात्कार प्रयास गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ।प्रहरीका अनुसार चुकुल लगाएर बलात्कार प्रयास गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार डाक्टरले महिलालाई जाच्ने क्रममा विस्तारै गोप्य अंगमा हात लगेका थिए। त्यसपछि बलात्कार गर्न खोजेपछि महिला कराउन थालेकी थिइन्।

झालाई अहिले ललितपुर प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोष तामाङले जानकारी दिए। उनका अनुसार डाक्टरमाथि जवर्रजस्ती करणी मुद्धा उद्योग अन्र्तगत अनुसन्धान सुरु भएको छ। यदी झाको ठाउँमा महिला डाक्टर हुन्थे भने यस्तो घट्ना हुने थिएन  उनले भने- यसमा अस्पतालको पनि केही कमजोरी छ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...