Tuesday 11th August 2026

सफ्टवेयर डेभलपरहरूका लागि हुवावेले आफ्नै म्याप्स ल्याउँदै


तितोपाटी – चाइना डेलीको एक प्रकाशनका अनुसार गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ । तर उक्त म्याप भने प्रयोगकर्ताको लागि भन्दा पनि सफ्टवेयर डेभ्लोपरका लागि बनाइने छ । सफ्टवेयर डेभ्लोपरले आफ्नो सफ्टवेयरमा हाल्न र प्रयोग गर्नका लागि भनेर यस म्याप्सको निर्माण गरिएको कुरा चाइना डेलीले प्रकाशन गरेको छ । यसर्थ रिलिज पछि सफ्टवेयर डेभ्लोपरहरूले गुगल म्याप्स प्रयोग गर्नुको सट्टा हुवावेको म्याप्स प्रयोग गर्न पाउनेछन् । आजभोलिका अधिकांस वेबसाइट र सफ्टवेयरहरुले गुगल म्याप्स वा हेयर म्याप्सको डेटालाई प्रयोग गर्दै आइरहेका छन् ।

हुवावेको एक अधिकारीले चाइना डेलीलाई उक्त म्यापको नाम म्याप किट रहेको बताएका छन् । यस म्यापिंग सेवाबाट डेभ्लोपरहरूले आफ्नो एप र अन्य सुविधाहरूमा विभिन्न स्थान सम्बन्धित जानकारीका सहित रिअल टाइम ट्राफिक देखाउने विशेषता थप्न सक्नेछन् । हुवावेको म्याप किटले अग्मेन्टेड रियालिटी म्यापिंगको पनि प्रयोग गर्नेछ ।

प्रकाशित रिपोर्टका अनुसार हुवावेको म्याप किटले स्थानीय म्यापिंग सेवाहरूलाई पनि प्रयोग गर्नेछ । म्याप किट निर्माण गर्नका लागि हुवावेलाई आवश्यक आवश्यक पर्ने डेटा र जानकारीहरू भने रसियाको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी यान्डेक्सले उपलब्ध गराउने छ ।

यस म्याप स्याटेलाइटबाट मात्र काम नगरेर हुवावेको आफ्नै टेलिकम बेस स्टेसनहरूको प्रयोग गरेर पनि चल्न सक्नेछ जसले म्यापको लोकेसन सटिक तरिकाले पत्ता लगाउने बिधिलाई टेवा पुग्ने छ ।

गुगल म्याप्स माथिको निर्भरता तोड्नका लागि हुवावेले आफ्नै म्याप्स रिलिज गरेपनि छोटो समय मै गुगल म्याप्स कै स्तरको डेटा र स्थलगत जानकारीहरू उपलब्ध गराउन हुवावेको लागि पनि लगभग असम्भव कुरा हो । म्यापसको बजारमा पहिले देखि नै प्रभुत्व जमाउँदै आएको गुगल म्याप्सलाई टक्कर दिन हुवावेले निकै धेरै मूल्य खर्चिनु पर्ने हुन्छ । सन् २००५ मा लन्च भएको गुगल म्याप्स अहिलेको सबैभन्दा प्रचलित र उन्नत म्याप सेवा हो । एप्पलले पनि सन् २०१२ मा गुगल म्याप्सबाट छुटकारा लिएर आफ्नै “एप्पल म्याप्स” रिलिज गरेको थियो । तर रिलिजको ७ बर्ष बितिसक्दा पनि एप्पल म्याप्सले गुगल म्याप्सलाई टक्कर दिन सकेको छैन । आइफोन प्रयोगकर्ताहरूले पनि एप्पल म्याप्सको सट्टा गुगल म्याप्स नै प्रयोग गर्दै आइरहेका छन् । नोकियाको हेयर म्याप्स, टमटम म्यप्स, ओपनस्ट्रिटम्याप जस्ता अन्य थुप्रै म्याप्सहरू धेरै पहिले देखि बजारमा उपलब्ध छन् जसले बजार हिस्सा कमाउन सकिरहेका छैनन् ।

हुवावेको यो म्याप्स हुवावेको आफ्नै नयाँ हार्मोनी अपरेटिंग सिस्टममा प्रयोग हुने अनुमान गरिएको छ । उक्त अपरेटिंग सिस्टम प्रारम्भिक समयमा चाइनामा मात्र लन्च गरिने र बिस्तारै अन्य स्थानमा पनि लन्च गरिनेछ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबको राजधानी रियादमा रहेको सोफा उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा १६ जना बंगलादेशी आप्रवासी कामदारको मृत्यु भएको छ।…

जर्मनीबाट इजरायललाई ‘INS Drakon’ पनडुब्बी हस्तान्तरण, इरानविरुद्ध रणनीतिक क्षमता बलियो इजरायलले जर्मनीबाट आफ्नो नौसेनाको नयाँ INS Drakon पनडुब्बी औपचारिक रूपमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको दाबी गर्दै इरानमाथि दबाब बढाएका छन्। तर इरानले भने अमेरिकाले आफ्नो व्यवहार…

प्रतिकृयाहरू
...