Saturday 10th October 2026

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा


नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  भिसा दिन अमेरिकाले अस्वीकार गरिदिएको छ।सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले उल्लेख गरेका छन्।

अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन्। सन्दीपले यसअघि इन्डियन प्रिमियर लिगलगायत संसारभरका प्रतिष्ठित क्रिकेट लिग खेलिसकेका छन्। उनले  सिपिएलको गत संस्करण पनि खेलेका थिए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...