Saturday 20th April 2024

साप्ताहिक राशिफल(साउन १७ गते देखि २३ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष
व्यक्तिगत क्षमताबाटै झिना–मसिना समस्याहरू समाधान गर्न सकिनेछ । व्यवसायिक क्षेत्रमा सुधारको लक्षण देखा पर्नेछ । प्रातःकालीन भ्रमण तथा योगले मानसिक तनावबाट छुट्कारा दिलाउनेछ । अपरिचितहरूबाट आउने प्रेम प्रस्तावप्रतिसचेत रहन सके आफ्नो कल्याण होला । साथीभाइको सहयोगमा ओझेलमा परेका कामहरू पार लाग्नेछन् ।

वृष

छोटो समयमा नजिकिएका इष्टमित्रहरूप्रति विश्वास गर्नाले धोका हुनसक्छ । तत्काल देखिएको आर्थिक अभाव निराकरण गर्न अभिभावकहरूको सहयोग लिनुहोला । विदेशी पाहुनासँग भलाकुसारी गर्दै आनन्द लिन पाइनेछ । खराब आचरण भएकाहरूले पिछा गर्न सक्छन् । जिद्दी गर्ने स्वभावका कारण पछि परिनेछ ।

मिथुन

टाढिएका मित्रहरूको विश्वास जित्न सकिनेछ भने तपाईंको प्रशंसासमेत होला । विदेश यात्राले आकस्मिक लाभ दिलाउने छ । सानै मेहनतले प्रतिस्पर्धीहरूलाई उछिन्न सकिएला । महत्वपूर्ण जिम्मेवारी हात पर्न सक्छ । हरियो रंगको प्रभाव तथा बोलीको मधुरताका कारण रोकिएका कतिपय कार्य पुनः सुचारु हुनेछन् ।

कर्कट

मेहनत गर्न सके विभिन्न अवसर हात लाग्नेछ । आफ्नो नामबाट अरूले फाइदा उठाउन सक्छन् । प्रेमजीवनमा खटपट सिर्जना हुन सक्छ । हितैषीहरूको सहयोगमा समस्या निराकरण गर्न सकिनेछ । साताको अन्त्यमा यात्रा गर्ने अवसर जुट्ला । राति बाहिर बस्दा समयको ख्याल गर्नुहोला ।

सिंह

कार्य सम्पन्न गर्न विलम्ब भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । परिश्रमले परिणाममुखी कार्य सम्पन्न गर्न सघाउनेछ । आफ्नो प्रखरता एवं प्रभावशाली कार्यले उचित स्थान पाउनेछ । तपाईंको उन्नति देखेर ईष्र्या गर्नेहरू छटपटाउनेछन् । सामाजिक कार्यमा केही धन खर्च हुनसक्छ ।

कन्या

फेसन एवं श्रृंगार प्रसाधनमा धन खर्च हुनसक्छ । प्रेमी–प्रेमिकाले नयाँ–नयाँ चाहना व्यक्त गर्न सक्छन् । अभिभावकहरूको आदेश शिरोधार्य गर्नुमै आफ्नो कल्याण छ । खानपान तथा मनोरञ्जनमा संयम अपनाउनुहोला । साताको अन्त्यमा यात्रा हुनसक्छ ।

तुला

तपाईंको प्रस्तावलाई सहयोगीहरूले सकारात्मक रूपमा लिनेछन् । परिवारसँगको भ्रमणले मन हर्षित तुल्याउनेछ । मन पराउनेहरूलाई उपहार प्रदान गर्न उत्सुक भइनेछ । भोजभतेरमा सहभागी हुँदा विशिष्ट व्यक्तित्वहरूसँग परिचित हुने अवसर जुर्नेछ । सवारी चलाउँदा संयम अपनाउनुहोला ।

वृश्चिक

रातो रंगको पहिरनले सफलतानजिक पु¥याउन ऊर्जा प्रदान गर्नेछ । अवसरको खोजी गर्ने क्रममा जटिल समस्याहरू देखा परे पनि सबै समस्या समाधान हुनेछन् । धेरैको प्रशंसा बटुल्न सकिनेछ । ढिलासुस्ती गर्दा पछि परिनेछ । राति अबेरसम्मको यात्राले बेफाइदा गर्नेछ ।

धनु

सोचविचार नगरी गरिएको निर्णयले उल्टो परिणाम दिनेछ । पूण्य आर्जनतर्फ आकर्षित भइनेछ । पुराना कामको प्रतिफल प्राप्त हुँदा मन रमाउनेछ । भौतिक सुविधाका साधन खरिद गर्न पारिवारिक मत मिल्नेछ । सप्ताहन्तमा घुमघाम तथा मनोरञ्जनमा समय खर्चिनुपर्ला ।

मकर

जुक्ति–बुद्धिको सहायताले अधिकार एवं प्रतिष्ठा जोगाउन सकिनेछ । उपहार तथा नगद प्रदान गर्नेहरूबाट टाढै रहनुहोला । गलत मनसाय भएकाहरूले पिछा गर्न सक्छन् । मित्रवर्गले वचनअनुरूप समयमै सहयोग नगर्दा संकट बेहोर्नुपर्ला । साताको अन्त्यमा यात्रा हुने सम्भावना छ ।

कुम्भ

साताको सुरुमा कसैको साथ खोज्नु आफ्नो हितमा हुनेछैन । झिना–मसिना काममा अल्झदाँ महत्वपूर्ण समय र व्यापार–व्यवसायमा समेत असर पर्नसक्छ । कार्यव्यस्ततालाई सावधानीका साथ व्यवस्थापन गर्न सके उचाइमा पुगिनेछ । पे्रमको नाटक गर्नेहरूले फसाउने प्रयास गर्न सक्छन् ।

मीन

स–साना त्रुटि नसच्याउँदा प्रेमी÷प्रेमिका टाढिन सक्छिन्, भित्री मनसाय बुझी व्यवहार गर्नुहोला । खानपानको समयतालिका फेरबदल हुँदा स्वास्थ्य समस्याले सताउन सक्छ । अध्ययनको राम्रो अवसर हात पर्ने सम्भावना छ । शीघ्र निर्णय गर्दा फाइदामा होला । मंगलबारपछि प्रेरणादायक कार्य सम्पन्न गर्न सकिनेछ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...