Thursday 9th July 2026

गिनिज बुकमा नाम लेखाउन भन्दै मिनेटमा ६० पटक ‘पुस अप’


दाङको तुलसीपुरका ऋषि परियारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन एउटा सार्वजनिक कार्यक्रम गर्दै एक मिनेटमा ६० पटक ‘पुसअप’ गरेका छन्। तुलसीपुर–३ का परियारले सोमबार तुलसीपुरमा ‘ह्याण्ड स्ट्याण्ड पुस अप’ मिनेटमा ६० पटक गरेका हुन्।

यो विधामा बेलारुसका सिएरहेई कुडाएउले एक वर्षअघि विश्व रेकर्ड बनाएका थिए। उनले एक मिनेटमा ५१ पटक ‘पुसअप’ गरेको रेकर्ड छ। बेलारुसका कुडाएउले सन् २०१८ मे ३ मा त्यो रेकर्ड आफ्नो नाममा लेखाएका छन्।

उनले एक मिनेटमा ६० पटक ‘पुस अप’ गरेर उक्त रेकर्ड सहजै तोडिदिएका छन्। तर, परियारको यो रेकर्डलाई गिनिज बुक अफ वर्ल्डले आधिकारिक रुपमा मान्यता दिएला या नदिएला भन्ने चाहिँ भविष्यमै थाहा हुने छ।

रेकर्डका लागि ऋषिले आफ्नो भिडियोमा गिनिज बुक अफ वर्ल्डमा पठाउने तयारी भइरहेको बताए।

तीन महिनाअगाडि परियारले वर्ल्ड रेकर्डको लागि अर्को विधा ‘जम्पिङ जक’मा पनि प्रतिपर्धाको लागि भिडियो पठाएका थिए। त्यसको परिणामको प्रतिक्षामा परियार बस्दै आएका छन्।

ऋषि दुई हातले टेकेर झन्डै तीन किलोमिटरको दुरी नबिसाई पार गर्न सक्छन्। ऋषिले घरमै स्वअभ्यासबाट यो सबै हासिल गरेको बताए।

ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका परियारले आर्थिक अवस्था कमजोर भएका कारण समयमै विश्व कीर्तिमानको लागि प्रयास गर्न नसकेको बताए।

ऋषिको प्रतिभा देखेर तुलसीपुर उपमहानगरपालिकाले गिनिज बुकका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ। मेयर घनश्याम पाण्डेले एक लाख १५ लाख रुपैयाँ परियारलाई सहयोग गरिसकेको बताए।

‘उहाँले प्रस्तुत गरेको भिडियोसहित हामी आवश्यक पर्ने रकम पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयमा पठाउँछौं,’ पाण्डेले भने, ‘हामीलाई आशा छ, उहाँको कीर्तिमान रहोस्।’

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

जैविक विविधताले पृथ्वीलाई जीवन्त र समृद्ध बनाउनुका साथै मानव सभ्यताको अस्तित्व र विकासको आधार तयार गर्छ। पछिल्ला वर्षहरूमा चीनले लागू…

अमेरिकी राष्ट्रपति Donald Trumpका पछिल्ला दुई सार्वजनिक अभिव्यक्तिले मध्यपूर्वमा युद्धविरामको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेका छन्। पहिलो अभिव्यक्तिमा उनले अमेरिका…

कुवेतस्थित नेपाली दूतावासको एक सामान्य दिनमा पनि धेरै कथाहरू चलिरहेका हुन्छन्। गत साता त्यस्तै एउटा क्षणमा एक कर्मचारी सँग भइरहेको…

प्रतिकृयाहरू
...