Friday 3rd May 2024

नेपाली फुटबलमा पनि ब्यावसायिकता, साबित्रा र अनिताले भारतीय लिगमा फुटबल खेल्ने


तितोपाटी – नेपाली महिला फुटबलमा अब व्यवसायिकता पनि सुरु भएको छ, त्यो पनि विदेशमा । हालसालै सावित्रा भण्डारी र अनिता वस्नेत व्यवसायिक फुटबल खेल्न भारत गएका छन् । उनीहरूले महिलाको भारतीय लिग खेल्नेछन् र उनीहरूको क्लब हो— सेतु फुटबल । यो नेपाली महिला फुटबलका लागि निकै सुखद समाचार हो ।

केही समयअघि मात्र सम्पन्न हिरो गोल्डकप र साफ च्याम्पियनसिपमा यी दुवै खेलाडीले राम्रो खेले । उनीहरूको खेलबाट भारतीय टिम पनि प्रभावित थियो । त्यसैले स्ट्राइकर सावित्रा र मिडफिल्डर अनिताको भाग्य खुलेको हो । साबित्रा अग्रपंतिकी खेलाडी हुन भने अनिता मध्यपंतिकी खेलाडी हुन । दुबै जना सशस्त्र प्रहरी बल महिला क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टिमबाट खेल खेल्दछन् ।

भारतीय लिग अर्को महिना सुरु हुनेछ । यसअघि फुटसल नै सही, यिनै सावित्रा र अनिताले माल्दिभ्समा पनि व्यवसायिक खेल खेलिसकेका छन् । यसरी हेर्दा साबित्रा र अनिता अन्तर्राष्ट्रिय ब्यवसायिक फुटबल खेल्ने पहिलो महिला फुटबलर समेत भएका छन् ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...