Saturday 10th October 2026

कर्णाली प्रिमियर लिग: त्रिभुवन आर्मी क्लबले उचाल्याे उपाधि, न्यू हाेराइजन उप विजेता


तितोपाटी- त्रिभुवन आर्मी क्लबले वाईवाई कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सुर्खेतको कालिन्चोक मैदानमा आर्मीले न्यू होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो ।

आर्मीका लागि हरि बहादुर चौहानले सर्वाधिक ५६, राजु रिजालले ३४ तथा भीम सार्कीले अविजित २१ रन बनाए । न्यू होराइजनका विकास श्रेष्ठले २ तथा राहुल प्रजापति, बिपिन खत्री र अखिलेश यादवले समान १–१ विकेट लिए ।

१४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यू होराइजनले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८७ रनमा अल आउट भयाे। न्यू होराइजनलाई रोक्न आर्मीका जितेन्द्र मुखिया र शाहब आलमले ३–३ विकेट तथा सुसन भारीले २ विकेट लिए । न्यू होराइजनका लागि बिशाल सुनारले सर्वाधिक २६ तथा निश्चल चौधरीले १९ रन योगदान दिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच हरि बहादुर चौहान चुनिए । उपाधि विजेता आर्मीले नगद ५ लाख रुपैयाँ तथा उप विजेता न्यू होराइजनले २ लाख रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यू होराइजनका कप्तान शक्ति गाैचन घोषित हुँदै ५० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट ब्याट्सम्यान कर्णाली-११ का रबिन्द्र जंग शाही तथा उत्कृष्ट बलर आर्मीका सुशन भारी घोषित भए । दुवैले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।


सम्बन्धित शीर्षकहरु

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

प्रतिकृयाहरू
...