Friday 26th April 2024

साप्ताहिक राशिफल(चैत २९ गते देखि बैशाख ५ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

साझेदारीमा थालिएको कार्यले फाइदा पुर्‍याउँदै अन्य अवसरका ढोका खोल्नेछ । रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । ठूला लगानीका व्यवसायबाट प्रशस्त मुनाफा हात लाग्नेछ । प्रेमिकासँगको खटपटमा मौन रहनु नै उपयुक्त हुन्छ । पूर्वको यात्रा लाभदायक रहला ।

वृष

बाल्यकालका मित्रलाई मुनाफा हात लाग्ने व्यवसायमा संलग्न गराइनेछ । सामाजिक जिम्मेवारीको कार्य उत्कृष्ट सावित होला । अभिभावकहरू तपाईंको कामबाट हर्षले गद्गद् हुनेछन् । सवारी साधन खरिद गर्ने अवसर जुट्नेछ । सेतो रंगको प्रयोगबाट थप उपलब्धि हात पर्न सक्छ ।

मिथुन

रोजगारीको अवसर प्राप्त हुनेछ । साता उत्साहप्रद छ । मनोरञ्जनमा समय बित्नेछ । प्रेमिकाले नौलो उपहार प्रदान गर्न सक्छिन् । योजनाबिना साथीसँग नयाँ स्थानको भ्रमण गर्न सकिनेछ । मिष्ठान्न भोजन गर्न पाइनेछ ।सवारी साधन खरिद गर्न पारिवारिक मत मिल्नेछ ।

कर्कट

मन मिल्ने साथीसँग यात्रा गर्दा फजुल खर्चले सताउनेछ । टाढा रहेका साथीको सुझाव अनुसरण गर्दा गतिलो अवसर हात लाग्नेछ । नौला स्थानको भ्रमणमा प्रशस्त मनोरञ्जन गर्न पाइनेछ । विपरित लिङ्गी साथीलाई वचन दिँदा संयम अपनाउनुहोला । सामाजिक कार्यहरूमा सहभागिताको अवसर जुर्नेछ ।

सिंह

पूर्वको यात्रा गर्ने अवसर जुर्नेछ । कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट उत्पन्न हुन सक्छ, जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ । मन पराउने तथा प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनुमै आफ्नो भलो छ । मंगलबारपछिका दिनमा पूण्य आर्जनको कार्यमा सरिक भइनेछ । जुस तथा पहेंला फलफूलको सेवनमा विशेष जोड दिनुहोला ।

कन्या

मौसमी फेरबदलबाट आइलाग्ने अस्वस्थतामा समय बित्नेछ । केही समययता देखिएको प्रेमिकासँगको खल्लोपन मेटिनेछ । भित्रभित्रै चियोचर्चा गर्नेहरूसँग सावधान रहनुहोला । व्यवसाय फस्टाउन नसक्दा थप लगानीले पिरोल्न सक्छ । साताको अन्त्यमा रोजगारीको अवसर हात लाग्नेछ ।

तुला

रोकिएका कामको गाँठो फुक्ने सम्भावना छ । कुनै कार्य सम्पन्न गर्दा ढिलाइ नगर्नु होला । अधुरा चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले नयाँ प्रस्ताव राख्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयम अपनाउनुपर्नेछ ।

वृश्चिक

नयाँ मित्रसँग मनोरञ्जक स्थानको भ्रमण गर्ने मौका जुट्न सक्छ । आवेशमा गरिएको कामले उल्टो परिणाम दिनेछ । सभा–सम्मेलन, तालिम आदिमा सहभागी हुने अवसर प्राप्त होला । विपरीत लिंगी साथी तपाईंप्रति आकर्षित भएको अवस्थाले उमंग सिर्जना गर्न सक्छ । पश्चिमतर्फको यात्रा लाभदायक हुनेछ ।

धनु

आफन्त तथा छरछिमेकीको मांगलिक कार्यमा उपस्थित हुँदा आफ्नो बहुमूल्य सरसामानप्रति विशेष निगरानी राख्नुहोला । परिस्थितिअनुरूप कम बोल्नुमै फाइदा छ । जटिल सामाजिक कार्य सम्पन्न गर्न तन, मन तथा धन सबै खर्च गर्नुपर्नेछ । सवारी चलाउँदा संयम अपनाउनुहोला ।

मकर

प्रतिस्पर्धामा उपलब्धि हासिल हुनेछ । विदेशको यात्रा तय हुने सम्भावना टरेको छैन । सहयोगीहरूले दिएको सुझावको उपेक्षा नगर्नुहोला । विलासिताका सामग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ । भोज–भतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुपर्नेछ । सप्ताहान्तमा रोजगारीको अवसर जुर्न सक्छ ।

कुम्भ

आफन्त तथा अभिभावकको सुझावले तपाईंलाई व्यवहारिक बन्न प्रेरणा दिनेछ । नयाँ क्षेत्रमा लगानी गर्नु फाइदाजनक हुनेछ । अरूलाई छिटो विश्वास गर्ने बानीले पछि परिनेछ । सभा–सम्मेलन तथा तालिममा सहभागी हुने वातावरण सिर्जना हुन सक्छ, जसमा आफ्नो प्रतिभाको कदर होला ।

मीन

पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् । तत्काल समस्या देखिए पनि सोमबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । समाजसेवातर्फ आकर्षित भइनेछ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...