Thursday 9th July 2026

महिला टी – २० विश्वकपमा नेपालले युएइलाइ ७ विकेटले हरायो


तितोपाटी – आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ। युएईले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

नेपालको जितमा कप्तान रुविना क्षेत्रीले नटआउट १८ र काजल श्रेष्ठले १५ रनको योगदान दिइन्। रुविनाले १७ बलमा २ चौंका र १ छक्का प्रहार गर्दा काजलले २५ बलमा २ चौका प्रहार गरेकी थिएन्। त्यस्तै सीता राना मगरले ६ रन जोड्दा अप्सरी बेगम शून्य रनमा आउट हुँदा रोमा थापा शून्य रनमै नटआउट रहिन्।

युएईका लागि इशा रोहितले ३ ओभरमा १ मेडन राख्दै १५ रन खर्चिएर २ तथा कभिसा इगोदागेले १ ओभरमा ७ रन दिएर १ विकेट लिइन्।

यसअघि थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रबार बिहान टस जितेर पहिला ब्याटिङ गरेको युएईले १७.३ ओभरमा अलआउट हुँदै ४१ रनको सामान्य योगफल खडा गरेको थियो। युएईका लागि चामनी सेनेभिरत्नालेमात्र दोहोरो रन जोडिन्। उनले २९ बलमा १ चौंकाको मद्दतमा सर्वाधिक १३ रनको योगदान दिएकी थिइन्।

युएईका इशा रोहितले २, चाया मुग्हालले ३, कभिसा इगोदागेले ४, सुभा भेन्कातारामनले ३, कप्तान हुमेइरा तास्विनले १, नेहा शर्माले ६ र इशानी सेनेभिरत्नेले ४ रन जोडेकी थिइन्। उदेनी डोना, नमिता डि सोउजा र समेइरा धर्नीधर्का भने ० रनमा पवेलियन फर्किएका थिए।

युएईलाई सस्तैमा समेटन नेपालका लागि नेरी थापाले सर्वाधिक ४ विकेट दिइन्। ३.३ ओभर बलिङ गरेकी नेरीले १ मेडन ओभर गर्दै ६ रनमात्र दिएकी थिइन्। त्यस्तै सीता राना मगर, कविता कुँवर र सोनु खड्काले समान २–२ विकेट लिए।

पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा भने आयोजक थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो। नेपालले आफ्नो चौंथो खेलमा हङकङको सामना गर्नेछ। राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।


सम्बन्धित शीर्षकहरु

जैविक विविधताले पृथ्वीलाई जीवन्त र समृद्ध बनाउनुका साथै मानव सभ्यताको अस्तित्व र विकासको आधार तयार गर्छ। पछिल्ला वर्षहरूमा चीनले लागू…

अमेरिकी राष्ट्रपति Donald Trumpका पछिल्ला दुई सार्वजनिक अभिव्यक्तिले मध्यपूर्वमा युद्धविरामको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेका छन्। पहिलो अभिव्यक्तिमा उनले अमेरिका…

कुवेतस्थित नेपाली दूतावासको एक सामान्य दिनमा पनि धेरै कथाहरू चलिरहेका हुन्छन्। गत साता त्यस्तै एउटा क्षणमा एक कर्मचारी सँग भइरहेको…

प्रतिकृयाहरू
...