Friday 9th October 2026

नेपालले इरानलाइ ३-० ले हराउँदै हिरो गोल्डकपको फाइनलमा पुग्यो


तितोपाटी – नेपाली राष्ट्रिय महिला फुटबल टिम भुवनेश्वरमा भइरहेको हिरो वुमेन्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

कालिंगा रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले फिफा वरीयतामा ४८ स्थानमाथिको इरानलाई ३–० ले पराजित गरेको थियो । दोस्रो खेलमा म्यान्मारले आयोजक भारतलाई २–० ले पराजित गरेपछि नेपालको फाइनल यात्रा सहज भएको हो ।

समूह चरणका तीनै खेल जितेको म्यान्मार र नेपाल फाइनलमा शुक्रबार भिड्ने छन्। चार देश सहभागी प्रतियोगितामा नेपाल फिफा वरीयतामा सबभन्दा तल (१०८) को टिम हो। त्यसैले नेपाललाई ‘अन्डरडग’ मानिएको थियो। नेपाल पहिलो खेलमा म्यान्मारविरुद्ध ३–० ले हारेपछि नेपालले दोस्रो खेलमा भारतविरुद्ध २–१ को ऐतिहासिक जित निकालेको थियो। दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्।

अनिता बस्नेतले इरानविरुद्ध गोलको खाता खोलेकी थिइन्। त्यसमा पनि बाँकी दुई गोल सावित्राले गरिन्। राष्ट्रिय टिमको लागि २२ गोल गरेकी सावित्रा चार गोलसहित हिरो गोल्डकपमा सर्बाधिक गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छिन्।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...