Wednesday 24th April 2024

साप्ताहिक राशिफल(माघ २५ गते देखि फागुन २ गते सम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष

प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । तपाईंको क्षमताले उचित स्थान प्राप्त गरी पदोन्नतिको ढोका खोल्नेछ । विदेश भ्रमणको अवसर प्राप्त हुने सम्भावना छ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्‍याउन सक्छ । गणेश भगवान्को आराधना गर्दा विघ्नहरू समाप्त हुनेछन् ।

वृष

विभिन्न परिकारमा रमाउँदै प्रेमिकासँग समय बिताउन पाइनेछ । सानै लगानीबाट सोचेजस्तै मुनाफा हात पर्ला । महत्वपूर्ण कार्य सम्पन्न गर्दा पर्याप्त समय लिएर निर्णय लिनु उचित हुन्छ । अभिभावकको रुचिको ख्याल गर्न विलम्ब नगर्नुहोला । रोकिएका अवसर फुक्का भै जिम्मेवारी प्राप्त हुन सक्छ ।

मिथुन

साथीबाट विशेष उपहार प्राप्त होला । प्रतिस्पर्धीले आफ्ना त्रुटि आंल्याइदिँदा पुन: सोही कार्यमा समय खर्चनुपर्ने हुनसक्छ । भौतिक सुविधाका साधन खरिद गर्ने साइत जुर्नेछ । सरोकार नभएको कामले फजुल खर्च बढाउने सम्भावना छ । सामाजिक क्षेत्रमा गरिएको कार्यले प्रतिष्ठा बढाउनेछ । असहयोगी पारिवारिक परिस्थितिबाट उम्कन अझै केही समय कुर्नुपर्ला ।

कर्कट

आर्थिक हैरानीबाट उम्कन प्रेमिकाले सहयोग गर्नेछिन् । अध्ययनका निम्ति विदेश जाने अवसर प्राप्त हुन सक्छ । गुप्त शत्रुले छवि बिगार्ने षड्यन्त्र गरे पनि अभिभावकहरूको सुझाव पालन गर्दा त्यस्तो षड्यन्त्रलाई परास्त गर्न सकिनेछ । बुधबार तथा बिहीबार सतर्कतापूर्वक कार्य गर्नुहोला । स्वास्थ्यको पनि ख्याल गर्नुपर्नेछ ।

सिंह

रोजगारीमा प्रतिस्पर्धा गर्दा सहजै सफलता हात लाग्नेछ । फरक ढंगले जीवन निर्वाह गर्ने मनोवृत्ति विकसित हुन सक्छ । अभिभावकहरूसँग मतभेद हुँदा मन खिन्न होला । बिनायोजना आकस्मिक यात्रा गर्नुहोला । दान–पुण्यमा पनि सहभागी भइनेछ । भोजभतेरमा अनिवार्य उपस्थिति हुनुपर्ने बाध्यात्मक निमन्त्रणा प्राप्त हुनेछ ।

कन्या

अलोचनालाई सकारात्मक रूपमा लिन सके सहजै उचाइमा पुगिनेछ । स–साना त्रुटिले मर्यादामा आँच पुर्‍याउन सक्छन् । परिवारका सदस्यले तपाईंको लगनगाँठो कसिदिने निर्णय गर्ने सम्भावना छ, बिनाहिचकिचाहट स्कीकार गर्नुहोला । नीलो रंगलाई प्राथमिकतामा राखे फाइदै हुनेछ ।

तुला

उपलब्धि हात पार्न थप परिश्रम आवश्यक छ । मन पराउनेहरूको सामु स्वाभाविक व्यवहार गर्दा सफलता पाइनेछ । विदेशयात्राको सम्भावना टरेको छैन । साथीहरूसँग घुमफिर तथा गफगाफमा समय व्यतीत गर्दा प्रेमी–प्रेमिका चिढिने सम्भावना छ । साताको अन्त्यमा रोजगारीको चिन्ताले पिरोल्न सक्छ ।

वृश्चिक

प्रेमी–प्रेमिकाबीचको खटपटमा मल्हम लगाउन सुनौलो रंगको उपहारको आवश्यकता पर्नेछ । हात लागेका अवसरहरूलाई समात्न सके भविष्यको चिन्ता सहजै निर्मूल हुनेछ । चियोचर्चा गर्नेहरूसँग सावधान रहनुहोला । साताको अन्त्यमा सवारी साधन खरिद गर्न उत्सुक भइनेछ ।

धनु

मनोरञ्जनका क्रममा भेटिएका विपरीत लिंगीहरूले मन पराएको भावना व्यक्त गर्ने सम्भावना छ । साथीभाइहरू सहयोग गर्न तत्पर देखिन्छन् । आफन्तहरूको भेटघाटबीच साता रमाइलोसँग बित्नेछ । पूर्व दिशाको यात्रालाई प्राथमिक दिए नयाँ अवसर फेला पर्न सक्छ ।

मकर

विशेष उपहारका साथ प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । प्रियजनसँगको भेटघाटले सातालाई रमाइलो बनाउनेछ । मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । आम्दानीको दिगो स्रोत फेला पर्नेछ भने सवारी साधन जोर्ने अवसर जुट्न सक्छ । सोमबार र मंगलबार अभिभावकहरूलाई रिझाउने प्रयत्न गर्नुहोला ।

कुम्भ

प्रेमी–प्रेमिका घुमघाम गर्न लालायित भएको अवस्थालाई मध्यनजर गर्दै भ्रमणमा सहभागी भइनेछ । बोलीको प्रभावले नकारात्मक स्थिति सिर्जना गर्न सक्छ, कम बोल्नुमै कल्याण छ । सामाजिक कार्यक्रममा समय खर्चनुपर्ने हुन सक्छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

मीन

सुनौलो रंगको पहिरनले कार्य सम्पन्न गर्न सहज महसुस गराउनेछ । मन पराउनेहरूले घुमाउरो भाषा प्रयोग गरी प्रेम प्रस्ताव राख्न सक्छन्, संयम अपनाउनुहोला । हेलचेक्र्याइँपूर्वक यात्रा गर्दा आर्थिक नोक्सानीमा पर्न सकिन्छ । नयाँ काम सफल तुल्याउन खर्च र मेहनतको आवश्यकता छ ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...