Sunday 3rd May 2026

नेपाल टेलिकमले प्रिपेड मोवाइलमा पनि रोमिङ सेवा दिने, तत्कालको लागि चीन र भारतमा सो सेवा पाइने


तितोपाटी – नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउन थालेको छ। यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा गत मंगलबारदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन थालेको हो। देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ।

टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो। निकट भविष्यमै अन्य देशमा जाने नेपालीका लागि आफ्नै देशको मोबाइल सेवामार्फत आफ्ना आफन्तसँग कुराकानी गर्नसक्ने गरी व्यवस्था गरिने छ। प्रिपेड सेवा लिएका नागरिकले बिना धरौटी त्यस्तो सुविधा लिन पाउने भएका छन्। मोबाइलमा जे जति मात्रामा रकम रहेको छ, सोही आधारमा फोन गर्न पाउने छन्।

यसअघि पोष्टपेड सेवा लिएको ग्राहकले रु दश हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए। टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सेवा र सुविधालाई थप विविधकरण गर्दै लैजाने सोचका साथ नयाँ–नयाँ योजना अगाडि सारिएको बताए। यस्तै टेलिकमले आजदेखि लागू हुने गरी जिएसएम पोष्टपेड ग्राहकलाई रु नौ सयको प्याकेजमा प्रति महिना दुई जिबी डाटा उपलब्ध गराउने भएको छ।

यही माघ २३ गतेदेखि आगामी फागुन ८ गतेसम्म दर्ता हुने नयाँ जिएसएम पोष्टपेड मोबाइल ग्राहकलाई तीन महिनासम्म प्रति महिना ‘अल टाइम’ डाटा एक जिबी र १०० मिनेट बराबरको टेलिफोन सुविधा उपलब्ध गराउनेछ।

पर्यटकीय प्याकेजअन्तरगत रु ५०० मा पाँच जिबी डाटा, नेपाल टेलिकमको संयन्त्रमा ५० मिनेट टेलिफोन गर्ने सुविधा र ५० एसएमएस र १०० मिनेटको अन्तर्राष्ट्रिय फोन गर्नसमेत सकिनेछ।
यस्तै रु एक हजारमा १० जिबी डाटा र टेलिकमकै संयन्त्रमा १०० मिनेट फोन गर्ने सुविधा, १०० वटा एसएमएस र २०० मिनेट बराबरको अन्तर्राष्ट्रिय फोन गर्नसक्ने सुविधा दिइएको छ।

– रासस


सम्बन्धित शीर्षकहरु

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

मध्यपूर्वमा बढ्दो सामरिक प्रतिस्पर्धाबीच इजरायलले आफ्नो हवाई शक्ति अभूतपूर्व रूपमा विस्तार गर्ने निर्णय गरेको छ। रक्षा मन्त्रालयका अनुसार दशौँ अर्ब…

प्रतिकृयाहरू
...