Saturday 20th April 2024

साप्ताहिक राशिफल(माघ १८ गते देखि २४ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष 

कार्य व्यस्ततामा साता व्यतीत हुनेछ । बाहिर मिजासिलो व्यवहार देखाउने मित्रहरूसँग सावधानी अपनाउनुमै आफ्नो भलो छ । हितैषीहरूसँग मन खोलेर कुरा गर्न अझ केही समय पखर्नुपर्नेछ । अरूको बढी विश्वास गर्दा हैरानी बेहोर्नुपर्ला ।

वृष

दुविधा हुँदाहँुदै गरिएको कार्यले उल्टो परिणाम दिनेछ । सानो लगानीबाटै लाभ लिन सकिनेछ । मन पराउने साथीहरूले घुमघामको प्रस्ताव राख्न सक्छन् । भ्रमणका क्रममा बढी नै खर्च होला । सवारी साधन प्रयोग गर्दा विशेष होसियारी अपनाउनुहोला ।

मिथुन 

कुनै पनि कार्य सम्पन्न गर्ने क्रममा अभिभावकहरूको रुचिको ख्याल गर्दा आर्थिक संकटबाट मुक्त भइनेछ । वनभोज तथा भ्रमणमा संलग्न हँुदा महत्वपूर्ण व्यक्तिहरूसँग परिचित हुने अवसर जुट्नेछ । आएका प्रस्तावहरूप्रति छिट्टै विश्वास नगर्नुमै आफ्नो भलो छ ।

कर्कट 

उपलब्धि देखाएर धेरैको मन जित्न सकिनेछ । पहिलेका समस्याहरू स्वत: सुल्झिँदै परिस्थिति अनुकूल हुँदै जानेछ । ज्ञान प्राप्तिको अवसर जुट्न सक्छ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधनसमेत जुटाउन सकिनेछ । सञ्चित धन खर्च भै आर्थिक संकट आइलाग्न सक्छ । मौसमी फेरबदलले स्वास्थ्य बाधा निम्त्याउनेछ ।

सिंह 

जीवनशैलीमा परिर्वतन ल्याउन लगनशीलताको आवश्यकता छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनसक्छ । मन मिल्ने साथीले आफ्नो नामको फाइदा उठाउन सक्छन् । सोमबारदेखि शुभचिन्तकहरूको साथ एवं विद्वान्हरूको सहयोग जुट्नेछ । सिर्जनशील रचनामार्फत धेरैको मन लोभ्याउन सकिनेछ ।

कन्या 

पहिलो भेटमै प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनुपर्नेछ । अभिभावक तथा ठूलाबडाको आशीर्वादले कार्य क्षेत्रमा प्रभुत्व जमाउन सहयोग मिल्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुने सम्भावना छ । केही समय अस्वस्थ एवं तनाव भएको अनुभव भए पनि स्वत: उत्साह जाग्नेछ भने शरीर पनि स्वस्थ रहनेछ ।

तुला 

पारिवारिक सुख–सुविधाका निम्ति केही सर–सामग्री खरिद गर्नुपर्ने हुनसक्छ । अवसरको खोजीमा थप दौडधूप गर्नुपर्ला । सहपाठीबीच गहिरो मित्रताको बन्धन कसिनेछ । परोपकारप्रति आकर्षित हुँदै प्रतिष्ठित कार्य सम्पन्न गर्न सकिनेछ । लामो तथा छोटा दूरीको यात्रा गर्दा खर्चले पिरोल्नेछ ।

वृश्चिक 

कार्य क्षेत्रमा उत्ताउलोपन प्रदर्शन गर्दा विवादमा परिएला । मङ्गलबारपछिका दिनमा थप ऊर्जा प्राप्त हुनेछ । अभिभावकहरूसँगको वैचारिक द्वन्द्वमा धेरै अघि नबढ्नुहोला । चुनौतीहरू यथास्थितिमै रहनेछन् । पहेंलो रंग प्रयोग गर्न सके समस्याको गाँठो फुकाउन केही सहज हुनेछ ।

धनु 

ज्ञान आर्जनका निम्ति विदेश जाने तिथि–मिति नजिकिँदै छ । स–साना गल्ती दोहोरिनेछन्, समयमै होसियारी अपनाउनुहोला । मेहनत अनुरूपको नतिजा प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ । चिसोका कारण स्वास्थ्य बाधा सिर्जना भए पनि मंगलबारपछि स्वास्थ्य अनुकूल नै रहनेछ ।

मकर 

नीलो रंग प्रयोग गर्न सके काममा थप ऊर्जा मिल्नेछ । रोजगारीको नयाँ क्षेत्रमा पद बहाल गर्ने अवसर प्राप्त हुनसक्छ । पारिवारिक तथा सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिर्वतनको आवश्यकता छ । पूण्य आर्जनमा केही समय खर्चनुपर्ने अवस्था छ । मनोरञ्जनमा सहभागी हुँदा खानपानमा ध्यान पुर्‍याउनुहोला ।

कुम्भ

साथीबीचबाटै प्रेम–प्रस्ताव प्राप्त हुन सक्छ । ढिलो गरी सम्पन्न गरिएका कार्यले सोचेजस्तो परिणाम नदिन सक्छ । आर्थिक व्यवहार तथा पारिवारिक वातावरणमा रुमल्दिँदा रोजगारीका सम्भावना ओझेलमा पर्न सक्छन् । राति सवारी साधन चलाउँदा थप सावधानी अपनाउनुहोला ।

मीन 

सामाजिक क्षेत्रमा गरिएका कार्यबाट नाम, दाम तथा सम्मान मिल्नेछ । पुख्र्यौली चल–अचल सम्पत्तिमा विवाद सिर्जना हुनसक्छ । सेयरमा आर्थिक लगानी गर्दा राम्रै मुनाफा हात लाग्नेछ । अर्काको अधीनमा गएको धन फिर्ता हुने प्रबल सम्भावना छ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...