Friday 9th October 2026

यूएईमाथि नेपालको शानदार जित, रोहित र सोमपाल चम्किए


तीतोपाटी-रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुनेछ ।

सोमपालले लिए ५ विकेट

नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो ।

सोमपाल कामीले सुरुवाती चार ओभरमा लगातार विकेट लिएपछि यूएई निकै दबावमा आयो । पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीको विकेट लिएका उनले तेस्रो ओभरको पाँचौं बलमा गुलाम सावेरलाई पभेलियनको बाटो देखाए । पाँचौं ओभरको अन्तिम बलमा साइमन अनवरको विकेट लिएका उनले छैटौं ओभरको पहिलो बलमै अस्फाक अहमदलाई शिकार बनाए ।

पाँचौं विकेटका लागि यूएईका सीपी रिवाज र मोहम्मद उस्मानले २८ रनको साझेदारी गरे । तर, १५ औं ओभरमा सन्दीपले उनीहरुको साझेदारी मात्र तोड्नन्, एकै ओभरमा तीन विकेट लिँदै नेपाललाई जिततर्फ डोहोर्‍याए ।

१९ औं ओभरको पाँचौं बलमा सन्दीपले चौथो विकेट लिए भने अर्को ओभरको तेस्रो बलमा सोमपाल कामीले जहोर खानको विकेट लिँदै खेल टुंग्याए ।

रोहितकुमारको रेकर्ड

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितकुमारको रेकर्डस्ँगै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनाएको थियो ।

नेपालको सुरुवात राम्रो रहृयो । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । तर, त्यसपछि नेपालले लगातार विकेट गुमायो ।

भण्डारी २१, मल्ल ४४ र दिपेन्द्र सिंह ऐरी १०, पवन शरार्फ, ८ र पारस खड्का २१ रनमा आउट भए । कप्तान खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र ११० रन थियो । तर, आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे ।

शेख २९ रनमा आउट भए भने रोहितले अर्धशतक पुरा गरे । ५५ रन बनाएर पभेलियन फर्किएका उनी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बने । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका छन् ।

यसैगरी करण केसीले १० बलमा १८ रन बनाए । सोमपाल कामीले २ रन बनाउँदा सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनमा अटआउट रहे ।

सोमपाल प्लेयर अफ दि म्याच बने ।

साभार- अनलाईनखबर


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...