Friday 29th March 2024

साप्ताहिक राशिफल(माघ ११ गते देखि १७ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

उच्च जिम्मेवारीमा विवेक पुर्‍याउन सके राम्रो अवसर हात लाग्नेछ । अभिभावकहरूको सुझावको ख्याल गरे प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । होसियारीपूर्वक गरिएको कार्य बाट धन आर्जन गर्न सकिनेछ । साथीहरूले खर्च गराउने चेष्टा गर्नेछन्, संयम अपनाउनुहोला । परोपकारतर्फ आकर्षित भइनेछ ।

वृष

प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार वा उपहार प्राप्त होला । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन् । धैर्यपूर्वक कार्य गरे सफलता हात लाग्नेछ । गरिब तथा असहायहरूलाई गरिने सहयोगले मनको चिन्ता दूर हुनेछ । साताको अन्त्यमा भोजभतेरमा सरिक भइनेछ ।

मिथुन

अध्ययनको सिलसिलामा विदेश भ्रमण गर्ने अवसर जुर्न सक्छ । विपरीत लिंगीहरू आफ्नो व्यक्तित्वप्रति आकर्षित भएको अवस्था छ । अभिभावकले तपाईंको भावनाप्रति बेवास्ता गर्दा खट्पट सिर्जना हुन सक्छ । बुधबारपछिका दिनहरू महत्वपुर्ण सावित हुनेछन् ।

कर्कट

सेवाले आफूलाई उचाइमा पुर्‍याउनेछ । दोष लगाउनेहरू प्रशंसा गर्न थाल्नेछन् । साथीहरूले दिएको सुझावबाट आफ्नो कल्याण नै हुनेछ । आफ्ना सिर्जनशील रचनाका माध्यमबाट प्रतिष्ठित व्यक्तिहरूको मन जित्न सकिनेछ । सेतो पहिरनले कार्यक्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ ।

सिंह

टाढा भ…एका मित्रले विश्वास गर्ने वातावरण बन्दैछ, केही नम्र भएर कार्य सम्पन्न गर्नुहोला । पूर्वयोजनाबिना आकस्मिक यात्रा गर्नाले अनपेक्षित खर्च आइलाग्न सक्छ । प्रेमिकाले उपहार दिँदै थप प्रस्ताव राख्न सक्छिन् । छिटै निर्णय गर्दा फाइदा होला ।

कन्या

काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । मेहनत गर्दा धन आर्जन गर्न सकिनेछ । आफ्नो हठ गर्ने बानीले परिवारमा मनमुटाव सिर्जना गर्न सक्छ । परिस्थतिप्रति बेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्न सक्छ । बोलीको प्रभावले अरूलाई मन्त्रमुग्ध तुल्याउन सकिनेछ ।

तुला

जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिनेछैनन् । अभिभावकबाट नयाँ कार्य प्रारम्भ गर्ने प्रेरणा मिल्नेछ । बोलिको प्रभावले अधुरा कार्य पूरा हुनेछन् । नयाँ मित्रको आगमन तथा सहयोगले मन ढुक्क हुनेछ । साताको अन्त्यतिर पारिवारिक भेटघाट तथा भ्रमणले उत्साह जगाउनेछ ।

वृश्चिक

राम्रा अवसर तथा शुभ समाचारले यो सातालाई अनुकूल बनाउनेछन् । अभिभावकको वचन परिर्वतनले मनमा चोट पुग्न सक्छ, संयमताका साथ निर्णय गर्नुहोला । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई अपेक्षा गरेजस्तै लाभ लिन सकिनेछ । घरायसी व्यवहारबाट टाढै रहनुमा कल्याण छ ।

धनु

बिनाकारण प्रेमीका रिसाउन सक्छिन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । घरायसी व्यवहारको चटारो आइलाग्न सक्छ । दत्तचित्त भै कार्य गरे लक्ष्य प्राप्त गर्न सकिनेछ । पहेंला फलफूल सेवन गर्दा स्वास्थ्य अनुकूल रहनेछ । अभिभावकको सुझाव तथा भावनाको कदर गर्न सके समस्याहरू स्वत: निर्मूल हुनेछन् ।

मकर

यात्रामा संयम अपनाउनुहोला । नीलो रंग प्रयोग गर्दा उचाइमा पुगिनेछ । बोलीको मधुरताले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउन सहयोग गर्नेछ । खानपानको फेरबदलले शारीरिक दुर्बलता सिर्जना गर्न सक्छ । इष्टमित्रहरूसँग भ्रमणको योग जुर्नेछ ।

कुम्भ

पूण्य आर्जनमा समय व्यतीत हुनेछ । विभिन्न निकायबाट रोजगारीको प्रस्ताव प्राप्त हुँदा मन प्रफुल्लित होला । मौसमी फेरबदलले स्वास्थ्यमा असर पार्न सक्छ, चनाखो रहनुहोला । नयाँ मित्रसँग मनोरञ्जन गर्दा अरुको मन लोभिनेछ । छरछिमेकका मांगलिक कार्यमा सहभागी भइनेछ ।

मीन

विपक्षीहरूले तपाईंलाई ओझेलमा पार्ने प्रयास गर्नेछन्, सचेत रहनुहोला । अवरुद्ध कार्यमा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । दु्रत गतिमा सवारी चलाउँदा दुर्घटना हुन सक्छ । खानपान तथा मनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...