Tuesday 12th May 2026

साप्ताहिक राशिफल(माघ ४ गते देखि १० गते सम्म)


फलित ज्याेतिष – रामप्रसाद सिटाैला

मेष 

समकक्षीबीच आफ्नो छवि लोकप्रिय हुँदै गएको अवस्था छ, जसलाई यथास्थितिमा राख्न विदेश भ्रमण गर्नु श्रेयष्कर हुन्छ । प्रेमी–प्रेमिकाबीचको सम्बन्धमा यदाकदा ठाकठुक परे पनि एक–अर्काबीच विश्वासको वातावरण बन्दै जानेछ । भीडभाडमा यात्रा गर्दा बहुमूल्य सर–सामानप्रति चनाखो रहनुपर्नेछ ।

वृष 

मनग्य लगानि गरी थालिएको कामले उल्टो परिणाम दिँदा निराशा उत्पन्न हुन सक्छ । अचानक प्रेम प्रस्ताव आइलाग्न सक्छ, परिस्थिति हेरी निर्णय गर्नुहोला । केही समयको अन्तरालमा साथीहरूसँग भेटघाट भै मनोरञ्जनमा सहभागी हुँदा समय तथा स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । साताको अन्त्यमा आर्थिक समस्याले पिरोल्न सक्छ ।

मिथुन

सिर्जनात्मक कार्यले जीवनसंगीसित रहेको वैचारिक मतभिन्नता समाप्त हुनेछ । अधुरो रहेको लामो समयदेखिको मनोरञ्जन तथा विलासी चाहना पूरा हुनेछ । बोलीको मधुरताका कारण विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तै लाभ लिन सकिनेछ । घरायसी व्यवहारमा संलग्न नहुनु नै उपयुक्त हुन्छ ।

कर्कट 

आफ्नो धरातल बिर्सिएर अर्काको नक्कल गर्न खोज्दा बढी मूल्य चुकाउनुपर्नेछ । प्रेमी–प्रेमिकाको द्वैध मनस्थितिले आफ्नो विचारमा परिवर्तन ल्याउन सक्छ । राज्यस्तरबाट दिइएको जिम्मेवारीप्रति बेवास्ता गरे ठूलो नोक्सानीको फन्दामा परिनेछ । खरानी रंगको पहिरनवाट समस्या निवारण गर्न ऊर्जा प्राप्त हुनेछ ।

सिंह 

विरोधीहरूलाई आकर्षित गर्दै मान–सम्मान हासिल गर्न सकिनेछ । आफ्नो व्यक्तित्व उचाइमा पुग्ने  सम्भावना छ । प्रेमिकाबाट अनपेक्षति उपहार प्राप्त होला । नीलो रंगको पहिरन प्रयोग गर्दा त्रुटिहरूलाई समायोजन गर्ने क्षमता वृद्धि हुनेछ । हेलचेक्र्याइँपूर्ण गरिएको यात्रामा आर्थिक तथा मानसिक तनाव सामना गर्नुपर्ने हुनसक्छ ।

कन्या

धन आर्जन गर्ने अवसर जुट्नेछ । मनमा हौसला बढ्नुका साथै नयाँ काम थाल्ने प्रेरणा प्राप्त हुनेछ । लगानीको क्षेत्रमा सन्तोषजनक प्रतिफल हात लाग्ला । मान–सम्मान समेत पाइनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । ठूला व्यक्तिको सुझावबाट घरेलु समस्या समाधान गर्न सकिनेछ ।

तुला  

आफ्नो हैसियत बिर्सिएर अर्काको देखासिकी गर्नाले आर्थिक नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । सरकारी तथा निजी क्षेत्रमा ढिलै भए पनि अवसर हात लाग्ने सम्भावना छ । सोमबारपछिका दिनमा सही मार्ग पहिल्याउन सहज हुनेछ । रातो रंगको पहिरनले करियर बनाउन सहयोग गर्न सक्छ ।

वृश्चिक 

ईष्र्या गर्नेहरूलाई लोभ्याउन सकिनेछ । मन मिल्ने साथी फेला पर्नेछन् भने मायाको गाँठोसमेत कसिने सम्भावना छ । अवसरहरू हात पार्न स्वयं सक्षम भइनेछ । अर्काको जुक्ति बुद्धिबेगर नै सर्वोत्कृष्ट सावित हुन सकिनेछ । पर्याप्त विचार नगरी अरूलाई वचन दिँदा आफैंलाई घाटा हुनसक्छ ।

धनु 

पराक्रमले अरूलाई आकर्षित गर्न सकिनेछ । विपरीत लिंगीहरूबाट प्रेम प्रस्ताव प्राप्त हुनसक्छ । पारिवारिक जमघटमा रमाउने वातावरण सिर्जना होला । महँगा तथा विलासिताका सामग्री बिनामोलतौल किनबेच नगर्नुहोला । साताको अन्त्यमा स्वास्थ्य प्रतिकुल हुनबाट जोगिनुपर्नेछ ।

मकर 

पारिवारिक सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछन् । प्रेमी–प्रेमिकाबाट आफूलाई मन पर्ने उपहार प्राप्त हुँदा मन हर्षित हुनेछ । विगतमा भएका गल्तीहरू सच्याउँदै अघि बढ्ने समय आएको छ । यात्रामा गरिने अनावश्यक खर्चले मानसिक तनाव सिर्जना गर्न सक्छ । खर्च, विवाद एवं उदासीनताबाट टाढा रहनुमै आफ्नो कल्याण छ ।

कुम्भ 

साथीभाइमाझ नौलो परिचय दिन सकिनेछ । गुणस्तरीय व्यवसाय सुरु गर्न साझेदारहरूबीच मत मिल्नेछ । सघाउन आउने सहयोगीले षड्यन्त्र गर्न सक्छन्, सचेतनाले आफ्नै हित गर्नेछ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन

वादविवादमा अल्झिएका काम फत्ते हुनेछन् । आकस्मिक भ्रमणमा खराब विचार भएकाहरूसँग भेट हुन सक्छ, सचेत हुनुहोला । प्रलोभन देखाईं तपाईंको प्रतिष्ठामा चलखेल हुनसक्छ, ध्यान पुर्‍याएर निर्णय लिनुहोला । आफूभित्रको क्षमता प्रदर्शन गर्न सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पारी धन आर्जन गर्न सफल भइनेछ ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...