Friday 29th March 2024

अन्तरिक्ष अभियानमा वर्ष २०१९ को शुरूवात मै नयाँ सफलता


तितोपाटी – नयाँ वर्ष २०१९ को पहिलो दिनमै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई यानले ऐतिहासिक महत्वको कार्य सम्पन्न गरेका छन् । एक यानले सबैभन्दा सानो क्षुद्रग्रहको कक्षमा प्रवेश गर्न सफलता प्राप्त गरेको छ भने अर्को यानले सबैभन्दा टाढा रहेको अब्जेक्ट नजिक पुग्न सफल भएको छ । त्यसैगरी जनवरी ३ मा चन्द्रमाको डार्क साइडमा चीनको अन्तरिक्ष यान प्रवेश गरेको छ । यसबाट यो वर्षको प्रारम्भमै अन्तरिक्ष अभियानमा उल्लेखनीय सफलताका संकेत देखिएका छन् ।

सानो क्षुद्रग्रहमा नासाको यान

पृथ्वीबाट लगभग ११ करोड किलोमिटर टाढा रहेको क्षुद्रग्रह बेनु अन्तरिक्षकै सबैभन्दा सानो अब्जेक्ट मानिन्छ । यही क्षुद्रग्रहको अध्ययन गरिरहेको नासाको अन्तरिक्ष यान ओएसआईआरआईएस–आरईएक्स सफलतापूर्वक यसको कक्षमा प्रवेश गरेको छ । यसभन्दा पहिले गत नोभेम्बरमा यही यानले त्यहाँ पानी भएको प्रमाण पृथ्वीमा पठाएको थियो । उक्त यानले आगामी दिनमा अन्य विभिन्न अध्ययन गर्ने बताइएको छ ।

अल्टिमा थुलेमा न्यू होराइजन

नासाको अन्तरिक्ष यान न्यू होराइजनले अल्टिमा थुले नामक अन्तरिक्षमा सबैभन्दा टाढा रहेको वस्तुसम्म पहिलो उडान गरेको छ । अल्टिमा थुलेदेखि ३ हजार ५ सय किलोमिटरको दूरीसम्म न्यू होराइजनले उडान भरेको हो । सौर्य मण्डलभन्दा बाहिरको कुनै वस्तुलाई यति धेरै नजिकबाट अवलोकन गर्न सम्भव भएको यो पहिलो पटक हो । नासाका अनुसार अल्टिमा थुले सबैभन्दा प्राचीन अर्थात ४ अर्ब ६० करोड वर्ष पुरानो अब्जेक्ट हो र यो प्लुटोभन्दा सय गुना सानो छ ।

डार्क साइडमा अन्तरिक्ष यान

चीनले चन्द्रमाको नदेखिने भाग अर्थात डार्क साइडमा पहिलो पटक अन्तरिक्ष यान पठाएर नयाँ सफलता हात पारेको छ । चन्द्रमाको उक्त भागका बारेमा हालसम्म केही जानकारी प्राप्त भएको थिएन । यसलाई चन्द्रमाको अँध्यारो हिस्सा अर्थात डार्क साइड पनि भनिन्छ । चीनद्वारा प्रक्षेपित चाङ ई ४ का साथमा एक रोभर अर्थात स्पेस एक्सप्लोरेसन भेइकल पनि छ । यसले उक्त हिस्साको संरचना र त्यहाँ उपलब्ध खनिज पनि पत्ता लगाउने छ । गत डिसेम्बर ८ मा उक्त यान चन्द्रमाका लागि प्रक्षेपण गरिएको थियो ।

चीनले २०१३ मा चाङ ई ३ चन्द्रमामा पठाएको थियो । सन् १९७६ मा सोभियत संघले लुना २४ पठाएपश्चात पहिलो पटक चन्द्रमामा उत्रिएको पहिलो स्पेसक्राफ्ट नै त्यही थियो । त्यसपछि बल्ल चीनको नयाँ अन्तरिक्ष यान फेरि चन्द्रमाको अध्ययनका लागि पुगेको छ । यसले अन्तरिक्ष अभियानमा चीनको बढ्दो महत्वाकांक्षालाई दर्साउँछ ।

-साप्ताहिकबाट


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...