Tuesday 12th May 2026

साप्ताहिक राशिफल (पुष २७ गते देखि माघ ३ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष 

वृष

बाल्यकालका मित्रलाई मुनाफा हात लाग्ने व्यवसायमा संलग्न गराइनेछ । सामाजिक जिम्मेवारीको कार्यमा उत्कृष्ट भै चर्चित हुँदा अभिभावकहरू हर्षले गद्गद हुनेछन् । सवारी साधन खरिद गर्न पारिवारिक मत मिल्नेछ । सेतो रंगको प्रभावबाट थप उपलब्धि हात पार्न सकिनेछ ।

मिथुन 

मझौला किसिमका लगानीबाट मुनाफा आर्जन गर्न केही समय कुर्नुपर्नेछ । मन पराउने साथीको दोहोरो चालचलनले नैराश्यता उत्पन्न गराउनेछ । नयाँ स्थानको भ्रमणमा केही बढी खर्च होला । सामाजिक क्षेत्रमा काम गर्ने अवसर जुट्नेछ ।

कर्कट 

विशेष प्रकारका व्यक्तिहरूसँग परिचित हुने अवसर जुट्नेछ । आलोचना गर्नेहरू बढी नै हुने भए पनि तपाईंको दृढताका कारण पराजयको सामना गर्नुपर्ने छैन । इँटा रंग प्रयोग गर्दा आफ्नो मेहनत खेर जानेछैन । कार्य क्षमतामा स–साना त्रुटिले मर्यादामा चोट पुर्‍याउन सक्छन् ।

सिंह 

हूलमूलमा धन तथा गहना जोगाउने चेष्टा गर्नुहोला । पारिवारिक खिचतानीले सम्पन्न भैसकेको कार्यलाई पनि ओझेलमा पार्न सक्छ । पैतृक सम्पत्ति उपयोग गर्दा थप पाइदा उठाउन सकिनेछ । प्रेम सम्बन्धमा सावधानी अपनाउनुमै आफ्नो कल्याण छ । यात्रा गर्दा चिसोबाट जोगिने प्रयत्न गर्नुहोला ।

कन्या 

कर्मचारीवर्गले कार्य सम्पादन गर्दा विशेष होसियारी अपनाउनु उचित हुन्छ । भोजभतेरमा समय खर्च गरिनेछ । परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विशेष लगानीको वातावरण बन्दैछ । झिना–मसिना कुरामा नलागी एकचित भै लक्ष्यतर्फ लम्कन सकिनेछ ।

तुला  

कतिपय अधुरा चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएका कार्यको गाँठो फुक्ने सम्भावना छ । कुनै कार्य सम्पन्न गर्दा ढिलाइ नगर्नुहोला । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले नयाँ प्रस्ताव राख्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयम अपनाउनुपर्नेछ ।

वृश्चिक 

नयाँ मित्रसँग मनोरञ्जक स्थलको भ्रमण गर्ने अवसर जुट्न सक्छ । आवेशमा गरिएको कामले उल्टो परिणाम दिनेछ । सभा–सम्मेलन, तालिम आदिमा सहभागी हुने अवसर प्राप्त हुनेछ । विपरीत लिंगी साथी तपाईंप्रति आकर्षित भएको अवस्थाले उमंग सिर्जना गर्न सक्छ । पश्चिमतर्फको यात्रा लाभदायक हुनेछ ।

धनु

कार्यस्वरूप एवं परिस्थितिअनुरूप कम बोल्नुमै कल्याण छ । आफ्नो बहुमूल्य सरसामानप्रति विशेष निगरानी राख्नुहोला । जटिल सामाजिक कार्य सम्पन्न गर्न तन, मन, धन खर्च गरी सहयोग गर्नुपर्नेछ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

मकर

सहयोगीले दिएको सुझावको उपेक्षा नगर्नुहोला । विलासिताका सामग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ । छात्रवृत्ति तथा प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिले विदेशको यात्रा तय गर्ने सम्भावना टरेको छैन । भोजभतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुपर्नेछ । सप्ताहन्तमा रोजगारीको अवसर जुट्न सक्छ ।

कुम्भ

आफन्त तथा अभिभावकको सुझावले व्यवहारिक बन्न प्रेरणा दिनेछ । नयाँ क्षेत्रमा लगानी गरे फाइदा नै होला । अरूलाई छिटो विश्वास गर्ने बानीले पछि परिनेछ । सभा, सम्मेलन तथा तालिममा सहभागी हुने वातावरण सिर्जना हुन सक्छ, जसमा आफ्नो प्रतिभाले उच्च कदर प्राप्त गर्नेछ ।

मीन 

पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकुल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त फेला पर्नेछन् । तत्काललाई समस्या देखिए पनि सोमबारपछि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ ।

 


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...