Friday 29th March 2024

विश्वको अहिले सम्मकै सबैभन्दा लामो दुरी उडान भर्न सक्ने जेट विमान लञ्च भयो


तितोपाटी – अमेरिकी विमान निर्माता कम्पनी बोइङले सर्वाधिक लामो रेन्जको जेट ‘बीबीजे ७७७एक्स’ लन्च गरेको छ।

यो विमानमा पूरै इन्धन भर्ने हो भने आधा संसारको यात्रा कतै नरोकिइ सम्पन्न गर्न सकिन्छ । यसले एकै पटकमा २१ हजार ५ सय ७० किलोमिटर यात्रा गर्न सक्छ । यसको अर्थ लामो दूरीको यात्रा गर्न र फ्लाइट परिवर्तन नगरी चाहेको स्थानमा पुग्न यसको प्रयोग गर्न सकिन्छ ।

कम्पनीका अनुसार यो जेट विमानमा जीई९एक्स हाई बाइपास टर्बोफ्यान एयरक्राफ्ट इन्जिन छ। यसको विङस्प्यान अर्थात एउटा पंखाबाट अर्को पंखाको दूरी २३५ फुट छ । यसको निर्माण हाल प्रचलित विमान बोइङ ७७७–८ तथा ७७७–९ मा आधारित भएर गरिएको छ । ती विमानमा ३ सय ५० जना यात्री अटाउँथे भने नयाँ विमानमा ४ सय २५ यात्री अट्न सक्छन् ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...