Wednesday 8th May 2024

साप्ताहिक राशिफल(पुष २० गते देखि २६ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

आफ्नो योजनालाई परिणाममुखी बनाउन कठोर परिश्रम गर्नुपर्नेछ । आकस्मिक यात्रा गर्दा आर्थिक लाभसमेत प्राप्त हुने सम्भावना छ । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुनेछ । रातो रंगको प्रयोगबाट उचित लाभ लिन सकिनेछ । सप्ताहन्तमा विदेशी पाहुनाहरूसँग भेटघाट गर्ने अवसर जुट्न सक्छ ।

वृष

सरोकार नभएको विषयमा चासो नराख्नु नै बेस हुन्छ । परिस्थितिअनुसार चल्न नसक्दा अवसर गुम्न सक्छ । सोमबारपछि स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुन सक्छ । घरायसी व्यवहारको खिचलोबाट टाढा रहनु नै उचित होला ।

मिथुन

मान–सम्मान प्राप्त भै बाधाहरू स्वत: फुकुवा हुनेछन् । परिश्रमअनुरूप फल पाइनेछ । खर्च बढ्नाले मंगलबारपछि आर्थिक दबाब सिर्जना हुनेछ । प्रतियोगिताहरूमा आफ्नो भूमिका अग्रणी रहनेछ । साताको अन्त्यमा नाम, दाम तथा इनाम हात पर्न सक्छ ।

कर्कट

असहज परिस्थितिलाई आत्मसात् गर्दा आकस्मिक लाभ हुन सक्छ । विशेष भेटघाटको फाइदा उठाउँदै प्रतिष्ठित काम प्रारम्भ गर्ने अवसर प्राप्त होला । आध्यात्मिक चिन्तन, योग तथा ध्यानले दुर्भावनाहरू समाप्त हुँदै भावी मार्ग पहिल्याउन सहज बनाउनेछ । साताको अन्त्यमा पश्चिमतर्फको यात्रा लाभदायक देखिन्छ ।

सिंह

अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुट्नुहोला । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । अभिभावकहरूसँग सामान्य खटपट हुनेछ भने आफ्ना कमजोरीप्रति उनीहरूको गुनासो बढ्न सक्छ । साताको अन्त्यमा राम्रै आम्दानी हुने अवसर प्राप्त होला ।

कन्या

स–साना त्रुटि औल्याउँदैमा मित्रहरू टाढिन सक्ने सम्भावना छ । योग, ध्यान तथा भ्रमण गर्न सके तनाव कम होला । मनोरञ्जन तथा भोजभतेरमा विदेशी पहुनासँग भेटघाट हुने सम्भावना छ । राति सवारी साधन चलाउँदा संयमित रहनुहोला ।

तुला

जीवनशौलीमा परिवर्तन ल्याउन हितैषीहरूले दिएको सुझाव अवलम्बन गर्न सकिन्छ । शुभचिन्तकहरूले विविध क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नेछन् । अन्य मुलुकमा समेत लगानी गरी आम्दानीको मार्ग पहिल्याउन साथीहरूबीच मन मिल्नेछ । साताको अन्त्यमा मन पर्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ ।

वृश्चिक

राति अबेरसम्मको कार्यले स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । योजनाहरू आंशिक रूपमा पूरा हुनेछन् । प्रेमी–प्रेमिकाको सहयोगमा महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । वैदेशिक कार्यमा सफलता हात पर्नेछ । सूर्यको आराधनाले प्राय: समस्या निराकरण हुनेछन् ।

धनु

परिस्थितिलाई बेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्न सक्छ । झन्झटिला कार्यको बोझ आइलाग्दा सचेत भै कार्य सम्पन्न गर्नुपर्नेछ । मित्रको सल्लाहबाट विदेशमा अध्ययनको अवसर जुर्न सक्छ, विलम्ब नगर्नुहोला । कालो रंगको सवारी साधन नचलाउनु नै उचित हुन्छ ।

मकर

आफूसँग भएको क्षमता प्रर्दशन गरी सफलता प्राप्त गरिनेछ । उपल्लो दर्जाका विशेष व्यक्तिले दिएका सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुर्‍याउनेछ । असहज परिस्थतिबाट उम्कन सोचेभन्दा बढी खर्च गर्नुपर्नेछ । परोपकारमा मन जानेछ ।

कुम्भ

रोजगारीका नयाँ क्षेत्र पहिचान गरी लाभ लिन सकिनेछ । मित्रहरूको सहयोगबाट हौसला प्राप्त हुनेछ । सामाजिक क्षेत्रका लगानीले विदेश भ्रमणको अवसर जुटाउला । प्रलोभन देखाउनेहरूबाट टाढै रहँदै प्रतिष्ठा जोगाउनुहोला । साताको अन्त्यमा स्वास्थ्यको हेक्का राख्नुपर्नेछ ।

मीन

सम्पन्न हुन लागेको काम अवरुद्ध हुन सक्छ । मन मिल्ने साथीले वचन फेर्दा मनमा चोट पुग्न सक्छ । मझौला तथा साना दुवै खाले लगानीबाट आर्थिक लाभ हुनेछ । आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सल्बलाउन सक्छन्, ध्यान पुर्‍याउनुहोला ।


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...