Friday 19th April 2024

साप्ताहिक राशिफल (पुष १३ गते देखि १९ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष 

आफ्नाका लागि गरिएको प्रयत्न अर्थहीन सावित हुने सम्भावना छ । आर्थिक कारोबारका क्रममा हैरानी तथा दौडधूप हुन सक्छ । रोकिएका काम बलबुता प्रयोग गर्न सके सुस्त गतिमा सम्पन्न हुनेछन् । परोपकारमा रुचि बढ्नेछ । साताको अन्त्यमा भोजभतेरमा सहभागी भइनेछ ।

वृष

अपेक्षा गरेजस्तो अवसर प्राप्त गर्न नीलो रंगको पहिरन उत्तम सावित हुनेछ । उपल्लो दर्जाका व्यक्तिहरूको दबाबमा गरिएको कार्यले मन खल्लो बनाउनेछ । बुधबारपछिका दिन अनुकूल नै हुनेछन् । प्रेमको गाँठो कसिन सक्छ । दिगो आम्दानी हुने मार्ग पहिल्याउन केही समय कुर्नुपर्ने हुन्छ ।

मिथुन 

आकस्मिक अवसर तथा लाभ प्राप्त हुने सम्भावना छ । मेहनत एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । विदेशमा भ…एका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । धैर्यधारण गरे कार्य सम्पन्न गर्न सकिनेछ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थ्यको ख्याल गर्नु होला ।

कर्कट 

परिस्थिति अनुकूल हुँदाहुँदै पनि अपजस आइलाग्न सक्छ, जसले तपाईंको कार्यक्षमता वृद्धि गर्न सहयोग नै गर्नेछ । मझौला किसिमका व्यवसायमा लगानी गर्ने प्रस्ताव प्राप्त हुनसक्छ, निर्णय गर्न ढिलाइ नगर्नुहोला । साताको अन्त्यमा पाहुनाहरूसँग भलाकुसारी तथा खानपान गर्दै समय व्यतीत गर्न पाइनेछ ।

सिंह 

सहपाठी मित्रले अन्तर्मनको कुरा व्यक्त गर्न सक्छन् । अभिभावकहरूले दिएका मार्गदर्शन पालन गर्दा प्रशंसासहित आर्थिक लाभ प्राप्त हुनेछ  । कार्य क्षेत्रका अवरोधहरू स्वत: निर्मूल हुनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । जमघटहरूमा रमाउँदा स्वास्थ्यको ख्याल राख्नुहोला ।

कन्या 

सामाजिक क्षेत्रमा कीर्तिमानी कार्य गरी लोकप्रियता आर्जन गरिनेछ । दुई आत्माबीचको सुन्दर सम्बन्ध निकै अगाडि बढिसकेको अवस्था छ । ठूलाबडासँगको प्रत्यक्ष भेटघाटले योजनाहरू सहज रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनेछ । आर्थिक लेनदेनबाट टाढै रहनु उत्तम हुन्छ ।

तुला  

मेहनतले जीवनशैलीलाई थप उचाइमा पुर्‍याउनेछ । कुरा काट्नेहरू तपाईंको भैतिक सुख–साधनको समेत चियोचर्चा गर्न पछि पर्ने छैनन् । असहज परिस्थितिबाट उम्कन थप धन खर्च गर्नुपर्ने हुनसक्छ । प्रेमी–प्रेमिकाबाट नसोचेको सहयोग प्राप्त हुँदा समस्याको गाँठो स्वत: फुक्नेछ ।

वृश्चिक 

आर्थिक प्रलोभन देखाउनेहरूबाट सावधान रहनुहोला । रचनात्मक कार्यले अरूको मन सजिलै जित्न सक्नेछ । इँटा रंगको पहिरनले अपेक्षा गरेजस्तै नतिजा दिलाउनेछ । कार्य क्षेत्रमा प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ । आर्थिक संकटका बीच पनि कार्य सम्पन्न भएरै छाड्नेछ ।

धनु  

नयाँ रोजगारीको क्षेत्रमा अपेक्षाकृत परिणाम हात पर्नेछ । सामाजिक सञ्जालबाट मन पराएको प्रस्ताव आउन सक्छ, समय लिएर निर्णय गर्दा सुरक्षित भइनेछ । अभिभावकको सुझावले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ । खान पानको समय तालिका फेरबदल हुँदा स्वास्थ्य समस्याले सताउन सक्छ ।

मकर

मन मिल्ने साथीहरूको आलोचना तथा सुझाव स्वीकार गर्दा विशेष फाइदा हुनेछ । निजी तथा सरकारी क्षेत्रमा गरिएको परिश्रमले सकारात्मक परिणाम आनन्द दिनेछ । विदेशमा अध्ययन गर्न खोज्दा बजेटभन्दा बढी खर्च हुनसक्छ । तपाईंको प्रतिभाले उचित स्थान पाउनेछ ।

कुम्भ 

अपरिचित व्यक्तिहरूको कुरामा भर पर्नुपूर्व तथ्य कुरा पत्ता लगाउने प्रयत्न गर्नुहोला । विशिष्ट व्यक्तिहरूको प्रेरणाले समस्या सुल्झाउन सहयोग पुर्‍याउनेछ । अरूको विश्वासमा पर्दा आफ्नो गोप्य सूचना बाहिरिन सक्छ । मेहनतले राम्रै अवसर प्रदान गर्नेछ । यो साता पश्चिमतर्फको यात्रामा सफल भइनेछ ।

मीन 

प्रेमी–प्रेमिकाको सहयोगले व्यवसाय उचाइमा पुग्नेछ । शुभ तथा मांगलिक कार्यमा धन खर्च गर्नुपर्ने हुन सक्छ । राजनीतिक तथा सामाजिक कुरामा कम बोल्नु नै उपयुक्त हुन्छ । पेटसम्बन्धी समस्याले सताए पनि मंगलबारदेखि क्रमिक रूपमा स्वास्थ्यमा सुधार आउनेछ । साताको अन्त्यमा भ्रमणमा सहभागी भइनेछ ।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...