Thursday 28th March 2024

साप्ताहिक राशिफल(मंसिर २८ गते देखि पुष ५ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष 

बाहिरी गफगाफमा अल्भँmदा समयको महत्वलाई ध्यान दिनुपर्नेछ । व्यवसाय सञ्चालनका दौरानमा असल मित्र पहिचान गर्न सकिनेछ । कार्य स्थलको स्वरूपअनुरुप खानपान तथा पहिरनमा ध्यान पुर्‍याउनुहोला । चियोचर्चा गर्नेहरूसँग सावधान रहनुहोला । व्यवहारिक विषयमा खर्च गर्नुपर्दा कन्जुसी प्रदर्शन नगर्नु नै आफ्नो हितमा हुनेछ ।

वृष 

परिस्थिति बुझेर अघि बढ्नुहोला । वनभोज, भ्रमणजस्ता कार्यक्रममा सहभागी हुँदा विवाद सिर्जना हुन सक्छ, अनावश्यक झमेलाबाट टाढा रहनुमै आफ्नो हित हुनेछ । साताको अन्त्यमा विशिष्ट पाहुनासँगको भेटघाटले मनोरञ्जन प्रदान गर्नेछ । सुनौलो रंग तथा पूर्वतर्फको यात्रा फलदायी होला ।

मिथुन 

धैर्यपूर्वक कार्य सम्पन गरे आर्थिक रूपमा सक्षम भइनेछ । सामूहिक लगानीको व्यवसायमा मित्रहरूले विश्वास गर्दै थप जिम्मेवारी दिनेछन । पूर्वपरिचित सहपाठीबाट प्रेम प्रस्ताव प्राप्त हुन सक्छ, जसलाई परिवार समेतले सहजै अनुमोदन गर्नेछ ।

कर्कट 

भैतिक सुख–सुविधा प्राप्त भए पनि आर्थिक पक्ष सबल हुन केही समय कुर्नुपर्नेछ । । हतारमा गरिएको कार्यबाट सोचेजस्तो परिणम हात पार्न नसकिएला । रातो रंग प्रयोग गर्दा मेहनत खेर जाँदैन । गोपनीयतमा ध्यान दिए प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । चिसो वातावरणमा घरबाहिर रहँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

सिंह 

धैर्य गरे मनोकांक्षा पूरा हुनेछ । तत्काल कार्य सम्पन्न गर्न ढिलाइ भए पनि मंगलबारपछि क्रमिक रूपमा प्रगतिको मार्ग फेला पर्नेछ । धार्मिक कार्यमा संलग्न हँुदै मठ–मन्दिरको परिक्रमा गर्नु लाभदायक हुनेछ । परिवारजनले दिएको वचन पूरा नगर्दा आफूलाई मर्का पर्नेछ । साताको अन्त्यमा खानपानसम्बन्धी कार्यक्रममा सहभागी भइनेछ ।

कन्या 

अग्रजहरूको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ । विदेशयात्राको अवसर प्राप्त हुने सम्भावना टरेको छैन । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध सुमधुर रहला । खानपानमा सहभागी हुँदा स्वास्थ्यको हेक्का राख्नुपर्नेछ । सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।

तुला 

मन पराउने मित्रले विदेश जाने चाहना व्यक्त गर्न सक्छन् । उनको चाहनाअनुरूप कदम चाल्दा फलिफाप नै हुनेछ । अभिभावकको सुझावले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ । सेयर कारोबारमा लगानी गर्दा मुनाफा आर्जन गर्न सकिनेछ । सामाजिक कार्यमा अपजस आइलाग्न सक्छ ।

वृश्चिक 

उच्चपदस्थ कर्मचारीले थप जिम्मेवारी दिलाउनेछन् । सरकारी तथा निजी क्षेत्रमा रोजगारीको अवसर हात पर्दा प्रेमिका दंग पर्नेछिन् । परोपकारमा रुचि बढ्नेछ । कार्य सम्पादनका क्रममा हेल्चेक्र्याइँ र ढिलासुस्तीले आफूलाई नै पछि पार्नेछ । यो साता मनोरञ्जक कार्यक्रममा उपस्थित नहुँदा आफैंलाई फाइदा हुनेछ ।

धनु  

भ्रमणको योग छ । जनसम्पर्कमा वृद्धि भै आफूलाई विशेष फाइदा मिल्नेछ । अध्ययनको क्षेत्रमा देखिएको दुविधा समाप्त होला । साथीभाइसँगको सरसल्लाह अन्योलमा परिणत हुने सम्भावना छ । आफ्नो प्रेम प्रस्ताव अनुमोदन हुन सक्छ ।

मकर 

परिवारलाई सरोकार नभएको विषयमा अलमलिने सम्भावना छ । आफ्नो गोप्य सूचना बहिरिन सक्छ, हेक्का राख्नुहोला । जीवनसंगीसँग अविश्वासको वातावरण देखा पर्न सक्छ । विश्वासको वातावरण सिर्जना गर्न ढिलाइ नगर्नुहोला । कुरा नमिल्दा मन खिन्न हुनेछ । परिस्थितिको हेक्का राखी चुनौतीलाई अवसरका रूपमा लिनुहोला ।

कुम्भ 

मेहनतले विविध अवसर प्रदान गर्नेछ । कार्य सम्पन्न गर्न ढिलाइ नगर्नुहोला । मंगलबारपछिका दिनमा स्वास्थ्यसम्बन्धी गडबडीले सताउन सक्छ । तातो खानपानमा ध्यान दिनुपर्नेछ । भीडभाडमा यात्रा गर्दा चनाखो रहनुहोला । विगतमा चालिएका कदमका कारण कुनै सकारात्मक समाचार आउने सम्भावना छ ।

मीन

मीत्रवर्गको सुझावलाई शिरोपर गर्नु आफनो हितमा हुनेछ । आफूलाई थप सहयोग गरी उचाइमा पुर्‍याउने सहयोगीहरू फेला पर्नेछन् । विविध स्थानको भ्रमणमा रहँदा महत्वपूर्ण सामग्री छुटन सक्छ, ध्यान पुर्‍याउनुहोला । साताको अन्त्यमा सामाजिक कार्य एवं दान पूण्यमा सरिक भइनेछ ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...