Friday 19th April 2024

विश्वभर निःशुल्क वाइफार्इ सेवा


तितोपाटी – चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार, आगामी वर्ष चीनको गाँसु प्रान्तस्थित जिउकुआङ प्रक्षेपण केन्द्रबाट उक्त स्याटेलाइट लञ्च गरिनेछ । सन् २०२० सम्म अन्तरीक्षमा यस्ता १० वटा अरु स्याटेलाइट पनि पठाउने योजना छ ।

त्यस्तै सन् २०२६ सम्ममा अन्तरीक्षमा लिंकस्योरका यस्ता २ सय ७२ वटा स्याटेलाइट हुनेछन् । त्यसले पूरै विश्वमा निःशुल्क वाईफाई नेटवर्क उपलब्ध गराउनेछ ।

कम्पनीका सीईओ वांग जिग्यिंगका अनुसार, यस योजनालाई सफल बनाउन कम्पनीले झण्डै ५ हजार करोड रुपैयाँ बराबरको रकम लगानी गर्नेछ ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार अन्तरीक्षबाट आउने वाईफाई नेटवर्कलाई मानिसहरुले सजिलैसँग आफ्नो स्मार्टफोनलगायतका ग्याजेटमा सजिलैसँग कनेक्ट गर्न सक्नेछन् ।

टेलिकम नेटवर्क तथा अन्य इन्टरनेट प्रदायकहरु नपुगेका र पुग्न सम्भव नदेखिने क्षेत्रहरुमा समेत अन्तरीक्षको उक्त नेटवर्कले काम गर्नेछ ।

रिपोर्टअनुसार, विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न पाएका छैनन् ।

स्मरणरहोस् स्पेस एक्स नामक कम्पनीले यही वर्ष अन्तरीक्षमा ७ हजार स्टारलिंक स्याटेलाइट पठाउने स्वीकृति पाएको छ । उक्त कम्पनीले आगामी केही वर्ष भित्रैमा अन्तरीक्षबाट पृथ्वीमा इन्टरनेट सेवा उपलब्ध गराउनका लागि १६ सय स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गर्नेछ ।

स्पेस एक्सका अलावा गुगल, वनवेब तथा टेलिस्याटजस्ता कम्पनीहरु पनि यस्तो खाले योजना ल्याउने तयारीमा लागिरहेका छन् । यदि सबै योजना सफल भएमा यी कम्पनीहरुका स्याटेलाइट तथा बेलुनहरुले पनि अन्तरीक्षबाट पृथ्वीमा हाइस्पिड इन्टरनेट सेवा उपलब्ध गराउने छन् ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...