Friday 25th September 2026

सुर्यको तापबाट बिद्युत संकलन गर्न सकिने


तितोपाटी – वैज्ञानिकहरूले सूर्यको तापबाट विद्युत् निकालेर त्यसलाई संकलन गर्ने प्रविधिको विकास गरेका छन् । उक्त विद्युत्लाई राति वा बादल लागेका बेला प्रयोग गर्न सकिनेछ । यो विद्युत् उत्पादनको दिशामा एउटा महत्वपूर्ण खोज हो ।

अमेरिकाको पुरड्यु विश्वविद्यालयका प्राध्यापकहरूको समूहले उक्त खोजमा सफलता प्राप्त गरेका हुन् । सौर्य उर्जालाई विद्युत्मा बदल्न सिसा वा लेन्सको सहयोगले सानो स्थानमा प्रकाशलाई केन्द्रित गरिन्छ ।

यसबाट निस्किएको तापलाई एक मोल्टन साल्टमा स्थानान्तरित गरिन्छ । तापक्रम बढेपछि मोल्टन साल्ट तरल पदार्थमा परिवर्तन हुन्छ, जसलाई विभिन्न तरिकाले विद्युत् निकाल्न प्रयोग गर्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...