Thursday 24th September 2026

सामसुङले ल्यायो फोल्डेबल स्मार्टफोन


तितोपाटी – दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा यो ट्याबलेटको स्वरुपमा बदलिन्छ भने पट्याउँदा स्मार्टफोन बन्दछ ।

बुधबार आयोजित समारोहका बीच सामसुङको मोबाइल मार्केटिङ्ग विभागका वरिष्ठ उपाध्यक्ष जस्टिन डेनिसले यो स्मार्टफोन सार्वजनिक गरे । आगामी महिनादेखि यो स्मार्टफोनको व्यवसायिक हिसाबले उत्पादन सुरु हुने बताइएको छ । त्यसैले अहिले सार्वज्निक गरिएको स्मार्टफोन कम्पनीको फाइनल प्रडक्ट होइन ।

सामसुङका अनुसार फोल्डेबल डिस्प्लेसँगै सामसुङ मोबाइल प्रयोगकर्ताले नयाँ अनुभव गर्न पाउनेछन् । कम्पनीले यो फोल्डेबल डिस्प्लेलाई इनफिनिटी फ्लेक्स डिस्प्ले भनेको छ । प्रयोगकर्ताले यो सजिलैसँग बन्द गर्न र खोल्न सक्नेछन् । इनफिनिटी फ्लेक्स डिस्प्ले सामसुङको नेक्स्ट जेनेरेसन प्लेटफर्म हो ।
– एजेन्सी


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...