Thursday 24th September 2026

कृतिम चन्द्रमा निर्माण गर्ने चीनिया वैज्ञानिकको महत्वाकांक्षी योजना


तितोपाटी – चिनियाँ बैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमा निर्माण गरेर सहर झिलिमिली पार्ने महत्वकांक्षी योजना अघि सारेका छन् । चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दु सहरमा वैज्ञानिकहरुले कृत्रिम चन्द्रमा राख्ने तयारी गरिरहेको चाइना डेलीले जनाएको छ। सूर्यबाट आएको प्रकाशका किरणहरु उक्त चन्द्रमाले ऐना जस्तै प्रतिविम्बित गर्ने वैज्ञानिकहरुले जनाएका छन्। चन्द्रमालाई सहरका सडकबत्तीको विकल्पको रुपमा अगाडि सारिएको छ।

वैज्ञानिकहरुले उक्त चन्द्रमा वास्तविक चन्द्रमा भन्दा ८ गुणा चम्किलाे हुने अनुमान गरेका छन्। याेचन्द्रमाले नजिकबाटै पृथ्वीको परिक्रमा गर्नेछ। यसले पृथ्वीभन्दा ५ सय किलोमिटर टाढाबाट आफ्नो अक्षमा रहेर पृथ्वीलाई परिक्रम गर्नेछ। वास्तविक चन्द्रमाले तीन लााख ८० हजार किलोमिटर टाढाबाट पृथ्वीको परिक्रममा गर्छ।

टाइन फू न्यू एरिया साइन्स सोसाइटीका प्रमुख वू चेनफूङले चाइना डेलीलाई बताएअनुसार उक्त महत्वकांक्षी योजनाले आकाशको पुरै भागलाई भने उज्याले बनाउने छैन। उक्त चन्द्रमाले दिने प्रकाश सडकबत्ती केही मधुरो हुने वूको भनाइ छ।

छेङ्दू सहरलेसडक बत्तीमा वार्षिक १७ करोड ३० लाख डलर खर्च गर्दै आएको छ। कृत्रिम चन्द्रमाले सडक बत्तीमा हुँदै अाएकाे खर्च बचत हुने बताइएको छ। चन्द्रमाले प्राकृतिक विपत्ति र विद्युतकाे विकल्पमा काम गर्नेछ। परियोजना सफल भएमा अन्य तीन ठाउँमा कृत्रिम चन्द्रमा राखिने वूले बताए।

‘परियोजना सफल देखाउनका लागि धेरै परीक्षणहरु गर्न बाँकी नै छन्,’ वूले दाबी गर्दै भने, ‘प्रकृतिक वातवरणमा यसले खासै असर गर्दैन्। ’

कृत्रिम वस्तु अन्तरिक्षमा राखेर रातको समयमा पृथ्वीमा उज्यालो बनाउने यो पहिलो प्रयास भने होइन। न्यूयोर्क टाइम्सकाअनुसार सन् ९० को दशकमा रुसले पृथ्वीको परिक्रमा गर्दै सूर्यको प्रकाश प्रतिविम्बित गर्ने एउटा अर्बाइटल ऐना अन्तरिक्षमा पठाएको थियो। उक्त एेना सन् १९९९ मा जलेपछि परियोजनाविफल भएको थियो।

वैज्ञानिकहरुले प्रकाश प्रतिविम्बित गर्ने बस्तुहरुलाई अन्तरिक्षमा पठाइदा प्रकाश प्रदूषणकाे खतरा बढ्ने दाबी गर्दै आएका छन्।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...