Sunday 2nd August 2026

भलिबलमा किचन टिम उत्कृष्ट


तीतोपाटी- सोल्टी कर्माचारी काल्याणकारी समितीद्वारा आयोजित अन्तर बिभागीय भलिबल प्रतीयोगिता हिजो सम्पन्न भएको छ ।

सोल्टी क्राउन प्लाजा होटेलले हरेक बर्ष आयोजना गदै आएको बिभिन्न अतिरिक्त कृयाकलाप मध्ये आज भएको भलिबल खेलमा एफ.एन. बि. सर्बिस टिमलाई हराउदै किचन टिम च्याम्पेन भएको छ । प्राय हरेक साल एकाधिकार एफ.एन.बि .सर्भिस टिमले जित्दै आएको यो ट्रफी यस बर्ष भने किचनले चुमेको छ ।

प्रथम स्थानमा किचन टिमले जिते पछी एक उल्लासमय बातावरण छाएको थियो । दोश्रो स्थानमाको ट्रफी सर्फिस टिमले हात पारेको थियो भने तेश्रो स्थानमा लण्ड्री तथा हाउस किपिङले हात पार्न सफल भएको थियो । आज भएको फाइनल खेल निकै रोमान्चक र अत्याधिक दर्शक दिर्घाको उपस्थित देखिन्थ्यो । यस बर्षको भलिबल तथा अन्य खेलकुदमा उत्कृष्ट हुने खेलाडीहरुलाई कार्यबाहक होटल प्रबन्ध निर्देशक बिजय नन्मरण, मानब संसाधन प्रबन्धक तथा सोल्टी कर्माचारी काल्याणकारी समितीका अध्यक्ष सरजु रन्जित र होटलका तीनवटै ट्रेड युनियन अध्याक्षहरु शुशिल राज भन्दारी,कमल कुमार बिष्ट,शिव तिमल्सेनाको  उपस्थितीमा उहाहरु कै हातबाट क्रमिक रुपमा खेलाडीहरुलाई शिल्ड, ट्रफी  प्रमाण पत्र तथा नगत पुरस्कार बितरण गरिएको थियो । 

आधा शताब्ढी भन्दा ज्यादा ईतिहास बोकेको नेपालको एक उत्कृष्ट होटल सोल्टी क्राउन प्लाजाले बेला बेलामा कर्मचारीहरुलाई स्वक्छ र बिशुद्द मनोरन्जन होस भनी यस्ता खेलकुदका  कार्यक्रमहरु आयोजना गरिरहेको हुन्छ । यस बर्षको बिभिन्न अतिरिक्त्त कार्यक्रम मध्ये यो दशै तिहारको उपलक्ष्यमा आयोजना गरिएको हो र यत्सा कार्यक्रमहरु निरन्त्रर चली रहन्छ जसले कर्मचारीहरुको कार्यसम्पादनमा उत्कृष्ट परीणाम दिन मद्त पुर्याएको हुन्छ ।

आजको एक बिशेष कार्यक्रममा भलिबल सबैको आक्रसण बनेको थियो। दुई गेम लगातार जितेको किचन टिमले तेश्रो   गेममा अन्तमा गएर हारे पछी  थप एक गेम खेल्नु परेको थियो चैथो गेम जिते पछी किचन टिम यस बर्षको भलिबलमा च्याम्पियन साबित भएको थियो । प्राय हरेक बर्ष दोश्रो स्थान चित्त बुझाएको  किचन टिमले यो बर्ष प्रथम स्थान हासिल गर्नुमा टिममा आएको सार्पनेस र एक रुपता भन्नु हुन्छ टिम क्याप्टेन राजाराम बिडारी। हामीले यो बर्ष धेरै मेहनत गरेर यो स्थान हासिल गरेर ईतिहास रचेका छौ।

हामीले टिममा सबैको जिम्मेवारी समान रहने अग्रिम रुपमा अबगत गराएको र त्यही अनुसार अभ्यास र समन्वयन मिल्नाले यो सफलता हासिल भएको उनको प्रस्ट भनाइ थियो ।

टिम म्यानेजर रामेश्वर खत्री पनि यो बर्ष किचन टिमले जितेकोमा हर्शित हुनु हुन्छ ” अत्यन्त खुशी लागेको छ, खेलाडीहरुले समान रुपमा मेहनत गरेका छन र अनुसाशित भएर खेलेकोले हामीले यो जित हात पार्न सफल भएका हौ” आगामी दिनमा पनि यस्तै अनुशासित भएर खेलेको  खण्डमा अबश्य जित्ने उहाको दाबी छ  शिल्ड तथा मेडल बितरण कार्यक्रम आधिकारीक युनियनका सचिब केन्द्र महतले सन्चालन गर्नु भएको थियो ।

यस बर्षको भलिबल खेल जितेकोमा एफ.एन.बि.किचन टिमले एक भब्य रात्रीभोजको आयोजना गरेर सम्पूर्ण खेलाडी र समर्थकहरु लाई स्वागत गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...