Tuesday 23rd April 2024

साप्ताहिक राशिफल(कात्तिक ९ गते देखि १५ गते सम्म)


ज्योतिष पण्डित – राम प्रसाद सिटाैला

मेष 

तपार्इंको क्षमताले उचित स्थान प्राप्त गरी पदोन्नतिको ढोका खोल्नेछ । प्रेमी–प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले उचाइमा पुग्न सकिनेछ भने प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । विदेश भ्रमणको अवसर प्राप्त हुने देखिन्छ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्‍याउन सक्छ । गणेशको आराधना गर्दा विघ्नहरू समाप्त हुनेछन् ।

विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ । छोटो दूरीको लाभदायक यात्रा हुने सम्भावना छ । अभिभावक तथा ठूलाबडाको आशीर्वादले कार्य क्षेत्रमा प्रभुत्व जमाउन सहज बनाउनेछ । केही समय अस्वस्थता एवं तनाव अनुभव भए पनि चाँडै ती समस्या दूर हुनेछन् ।

मिथुन

राज्यस्तरबाट दिइएको जिम्मेवारीप्रति बेवास्ता गरे ठूलो नोक्सानीमा परिनेछ । मित्रहरूलाई बिर्संदै उच्च वर्गको लहैलहैमा लाग्दा बढी मूल्य चुकाउनुपर्नेछ । प्रेमी–प्रेमिकाहरूले विवाहको मनस्थिति बनाउने सम्भावना छ । हरियो रंगको पहिरनबाट थप ऊर्जा मिल्न सक्छ ।

कर्कट

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । सजिलै अरूको मन जित्न सकिनेछ । गुलिया वस्तुको सेवन कम गर्नुहोला । सोचेजस्तो लाभ हासिल भै दिगो लगानीको ढोका खोलिनेछ । सोमबारपछिको समय बढी प्रेरणादायक छ ।

सिंह

स्वरोजगार हुदाँ हर्षले गद्गद भइनेछ । चियोचर्चो गर्नेहरूबाट सावधानी अपनाउनुहोला । आफन्त तथा प्रशंसकहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । परोपकारमा सक्रिय भए आत्मसन्तुष्टि प्राप्त हुनेछ । तपाईंको सामाजीक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउनेछ ।

कन्या 

कुरा काट्नेहरूलाई निस्तेज तुल्याउँदै अपेक्षित सफलता हात पार्न सकिनेछ । बुधबारपछि आफन्तजनको निमन्त्रणा स्वीकार गर्दा धन तथा समय खर्च होला । पारिवारिक भेटघाटले मन प्रफुल्लित बनाउनेछ । छोटो समयमै घनिष्ठ हुनेहरूसँग मन खोलेर विश्वास नगर्नुमै आफ्नो भलो छ । पश्चिमतर्फको यात्रा फलदायक देखिन्छ ।

तुला

आफ्नै जुक्ति–बुद्धिले नयाँ कार्य सम्पन्न गरिनेछ । सवारी साधन तथा मेसिनेरी यन्त्र खरिद गर्ने योग छ । कार्यव्यस्तताले स्वास्थ्यमा प्रतिकूलता देखा पर्न सक्छ । व्यवसायिक कामका सिलसिलामा विदेशीहरूसँग भलाकुसारी हुने सम्भावना छ । फलफूल, जुस तथा पानीको सेवनले स्वास्थ्य समस्याबाट मुक्त भइनेछ । साताको अन्त्यमा कार्यबोझ थपिने सम्भावना छ ।

वृश्चिक

नगद सापटी लिएका साथीहरूले समयमै रकम फिर्ता नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च होला । योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । कार्यक्षेत्रमा उत्ताउलोपनले विवादित भइनेछ, संयम अपनाउनुहोला ।

धनु 

साताका प्रारम्भिक दिनहरू मनोरञ्जक रहनेछन् । साथीभाइसँग भ्रमणमा जान अभिभावकले बन्देज लगाउन सक्छन् । दुई–चार स्थानको धार्मिक भ्रमण गर्ने जमर्को गरे पनि सबै स्थलमा पुग्न सकिनेछैन । साताको अन्त्यमा चिसोबाट टाढै रहनु बेस हुन्छ । आहार–विहारका क्रममा संयम अपनाउनुहोला ।

मकर

सरकारी तथा निजी क्षेत्रमा अवसर हात लाग्ने सम्भावना छ । आफनो हैसियत बिर्सिएर अर्काको देखासिकी गर्नाले आर्थिक नोक्सानीमा पर्न सकिन्छ । सोमबारपछिका दिनमा सही मार्ग पहिचान गरिनेछ । हरियो रंगको पहिरनले करियर बनाउन सहयोग गर्न सक्छ ।

कुम्भ 

सेतो रंगको प्रयोगले विशेष फाइदा हुनसक्छ । परिस्थिति विचार गरी भावना मिल्ने साथीहरूसँग लगानी गर्न ढिला नगर्नुहोला । परिणममुखी कार्य सम्पन्न गर्न अझै केही समय कुर्नुपर्नेछ । अचानक प्रेम प्रस्ताव आइलाग्न सक्छ । व्यवहारिक काममा परिवारको सुझावअनुरूप अघि बढ्नु उचित हुन्छ ।

मीन

नयाँ अवसरसँगै सवारी साधन जोरिने सम्भावना टरेको छैन । काममा थप प्रयासको खाँचो छ । स्वार्थी मित्रहरूले घेरा हाल्न सक्छन् । मन गरिब तथा असक्तहरूलाई सहयोग गर्न प्रेरित हुनेछ । साताको अन्त्यमा पारिवारिक वातावरणमा मनोरञ्जन गर्न पाइनेछ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा एनआरएनए - मुजैनी कप फुटबल प्रतियोगिता यहि अप्रिल २५…

सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा…

प्रतिकृयाहरू
...