Thursday 1st October 2026

अायुर्वेदीय गुण बोकेको अमलाको फाइदाहरू


तितोपाटी –  अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। अायुर्वेदीक अाैषधी त्रिफलाको ३ औषधी मध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

यो एउटा सानो पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन् । फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से.मी. व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् । फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन् ।

आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन् । यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन् । यसको फल भिटामिन सि’को मुख्य श्रोत मानिन्छ । यो प्रसिद्ध आयर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यसको फल नै उपयोगी अङ्ग हो । त्यसकारण यसका फलहरू संकलन गर्ने गरिन्छ। लगाइएको ७ / ८ वर्ष यसमा राम्ररी फल लाग्दछ । असोजदेखि फागुनसम्म फलहरू संकलन गर्ने गरिन्छ। करीब १० वर्ष वा त्यसभन्दा बढी उमेरका रुखहरूबाट प्रति बोट वार्षिक ८० के.जी जति फल फल्दछ ।

अायुर्वेदीय उपचारमा महत्वपुर्ण भूमिका राख्ने अमिलो फल अमलाको विशेष महत्व छ । यसको फाइदा उठाउन पाए हामीलाई धेरै फाइदा हुन्छ । स्वस्थ कपालका लागि अमला एउटा उत्तम औषधी हो । यसको सेवन सबैका लागि फाइदाजनक छ । ताजा अमलाको सेवनले हामी सधैँ रोगबाट बच्न सक्छौं । अमलाको चूर्ण, मुरब्बा, च्यवनप्रास, वर्षैभरि प्रयोग गर्न सकिन्छ ।

आयुर्वेदिक हिसाबले अमला अमिलो हुन्छ । यसमा भिटामिन सी पर्याप्त हुने भएको हुनाले यसले हामीलाई धेरै फाइदा पुर्याउँछ ।

—महिलामा सेतो पानी बग्ने समस्या हुन्छ । यस्तो हुँदा ३ देखि ५ ग्राम चूर्णलाई एक चिया चम्चा महमा मिलाएर खाँदा यो समस्या केही मात्रामा कम हुन्छ ।

—यो समस्या कसै कसैलाई धेरै हुने गर्छ । त्यतिबेला पेट पनि दुख्ने हुन्छ । त्यो बेला २ चम्चा अमलाको चूर्ण २ चम्चा मिश्रीको धुलोमा २ भाग बेसार मिलाएर बिहानबेलुकी ३÷३ ग्राम पानीमा सेवन गर्दा समस्यामा केही कमी आउँछ ।

— ३ देखि ५ ग्राम अमलाको चूर्णमा आधा चम्चा शुद्ध घ्यू र १० ग्राम मिश्रीको धुलोमा मिसाएर खाने गरेमा ग्यास्ट्रिक या पित्तको कारणले दुःखेको टाउको ठीक हुन्छ ।

—कब्जियत भएको बेलामा पनि टाउको दुख्ने हुन्छ त्यस बेलामा पनि अमलाको चूर्ण मिश्रीको धुलोमा मिसाएर राति सुत्नुभन्दा अगाडी एक गिलास मन तातो पानीको साथ सेवन गर्नाले कब्जियत हुनबाट बचाउँछ ।

—अमलाको चूर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ ।

—काचो वा सुकेको अमलालाई राति फलामको भाडामा भिजाउने बिहान हातमा पन्जा लगाएर कपालको जरा जरामा लगाउने गरेमा कपाल कालो, चम्किलो र बलियो हुनुको साथै कपाल फुल्ने समस्या पनि रोकिन्छ ।

—अहिले अमलाको सिजन छ अमलाको पाचक बनाएर राखेमा दिनमा एक दुई टुक्रा पाचक सेवन गर्नाले पनि स्वास्थ्य, कपाल र अनुहारको छालालाई पनि राम्रो बनाउँछ ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...