Saturday 18th May 2024

अायुर्वेदीय गुण बोकेको अमलाको फाइदाहरू


तितोपाटी –  अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। अायुर्वेदीक अाैषधी त्रिफलाको ३ औषधी मध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

यो एउटा सानो पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन् । फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से.मी. व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् । फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन् ।

आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन् । यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन् । यसको फल भिटामिन सि’को मुख्य श्रोत मानिन्छ । यो प्रसिद्ध आयर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यसको फल नै उपयोगी अङ्ग हो । त्यसकारण यसका फलहरू संकलन गर्ने गरिन्छ। लगाइएको ७ / ८ वर्ष यसमा राम्ररी फल लाग्दछ । असोजदेखि फागुनसम्म फलहरू संकलन गर्ने गरिन्छ। करीब १० वर्ष वा त्यसभन्दा बढी उमेरका रुखहरूबाट प्रति बोट वार्षिक ८० के.जी जति फल फल्दछ ।

अायुर्वेदीय उपचारमा महत्वपुर्ण भूमिका राख्ने अमिलो फल अमलाको विशेष महत्व छ । यसको फाइदा उठाउन पाए हामीलाई धेरै फाइदा हुन्छ । स्वस्थ कपालका लागि अमला एउटा उत्तम औषधी हो । यसको सेवन सबैका लागि फाइदाजनक छ । ताजा अमलाको सेवनले हामी सधैँ रोगबाट बच्न सक्छौं । अमलाको चूर्ण, मुरब्बा, च्यवनप्रास, वर्षैभरि प्रयोग गर्न सकिन्छ ।

आयुर्वेदिक हिसाबले अमला अमिलो हुन्छ । यसमा भिटामिन सी पर्याप्त हुने भएको हुनाले यसले हामीलाई धेरै फाइदा पुर्याउँछ ।

—महिलामा सेतो पानी बग्ने समस्या हुन्छ । यस्तो हुँदा ३ देखि ५ ग्राम चूर्णलाई एक चिया चम्चा महमा मिलाएर खाँदा यो समस्या केही मात्रामा कम हुन्छ ।

—यो समस्या कसै कसैलाई धेरै हुने गर्छ । त्यतिबेला पेट पनि दुख्ने हुन्छ । त्यो बेला २ चम्चा अमलाको चूर्ण २ चम्चा मिश्रीको धुलोमा २ भाग बेसार मिलाएर बिहानबेलुकी ३÷३ ग्राम पानीमा सेवन गर्दा समस्यामा केही कमी आउँछ ।

— ३ देखि ५ ग्राम अमलाको चूर्णमा आधा चम्चा शुद्ध घ्यू र १० ग्राम मिश्रीको धुलोमा मिसाएर खाने गरेमा ग्यास्ट्रिक या पित्तको कारणले दुःखेको टाउको ठीक हुन्छ ।

—कब्जियत भएको बेलामा पनि टाउको दुख्ने हुन्छ त्यस बेलामा पनि अमलाको चूर्ण मिश्रीको धुलोमा मिसाएर राति सुत्नुभन्दा अगाडी एक गिलास मन तातो पानीको साथ सेवन गर्नाले कब्जियत हुनबाट बचाउँछ ।

—अमलाको चूर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ ।

—काचो वा सुकेको अमलालाई राति फलामको भाडामा भिजाउने बिहान हातमा पन्जा लगाएर कपालको जरा जरामा लगाउने गरेमा कपाल कालो, चम्किलो र बलियो हुनुको साथै कपाल फुल्ने समस्या पनि रोकिन्छ ।

—अहिले अमलाको सिजन छ अमलाको पाचक बनाएर राखेमा दिनमा एक दुई टुक्रा पाचक सेवन गर्नाले पनि स्वास्थ्य, कपाल र अनुहारको छालालाई पनि राम्रो बनाउँछ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...