Thursday 24th September 2026

वैज्ञानिकहरूद्वारा समयको गतिलार्इ पनि स्थिर बनाउन सक्ने तिव्र गतिको क्यामेरा अाविष्कार


तितोपाटी – वैज्ञानिकहरुले हालसम्मकै सबैभन्दा तीव्र गतिको क्यामेरा अविष्कार गरेका छन् । यो क्यामेराबाट ‘समयलाई स्थिर’ बनाउन सम्भव हुने दाबी शोधकर्ताहरुको छ । यसको अर्थ क्यामेराले अब समयलाई कैद गर्न सम्भव बनाई दिएको छ। ‘साइन्स डेली’ का अनुसार ‘अत्यन्तै मन्द गति (स्लो मोसन) मा रहेको प्रकाशको गतिविधिलाई समेत यो क्यामेराले कैद गर्न सक्छ। त्यसलाई हेर्नका लागि पनि सहयोग गर्छ। ‘टी–कप’ नाम दिइएको यो उपकरणले एक सेकेण्डमा १० ट्रिलियन फ्रेम (प्रतिविम्ब)लाई क्याप्चर गर्न सक्ने क्षमता छ। अर्थात यो क्यामेराले एक सेकेण्डमा सय खर्ब फोटो कैद गर्न सक्षम छ। सामान्यतया एउटा औसत स्मार्टफोनले प्रतिसेकण्डमा ३० वटासम्म फोटो खिच्न सक्छ। ‘कन्डेन्स्ड अल्ट्राफास्ट फोटोग्राफी (सीयूपी)’ सिद्धान्तमा आधारित यो क्यामेराको अविष्कारसँगै मेडिकल रिसर्च र भौतिकशास्त्रमा आवश्यक पर्ने नयाँ जेनेरेसनको सूक्ष्मदर्शक यन्त्रको निर्माण गर्न सजिलो हुनेछ।

अमेरिकाको क्यालिफोर्निया इन्सिटिच्युट अफ टेक्नोलोजी र क्यूबेक विश्वविद्यालयका वैज्ञानिकहरुले यो क्यामेरा बनाएका हुन्। ‘साइन्स डेली’का अनुसार ‘फेम्टो–फोटोग्राफी’ प्रविधि उपयोग गरिएको यो क्यामेरामा एक फेम्टोसेकेण्ड एक नानो सेकेण्ड (दश लाखऔं) को १० सेकेण्डको शून्यदेखि १५ सम्म हुन्छ। यो लेजर प्रविधिमा उपयोग गरिने एउटा स्ट्याडर्ड मापक हो। शोध टोलीका वैज्ञानिक तथा प्राध्यापक जिनिआङ लिआङले भने,‘साँचैमा यो क्यामेराले समयलाई स्थिर गर्ने कार्यलाई सम्भव बनाइ दिएको छ।’ वैज्ञानिकहरुका अनुसार यो आधुुनिक क्यामेराले प्रकाश र पदार्थकोबीच पारस्परिक प्रभावबारे हालसम्म खोजी हुन नसकेको रहस्यलाई उजागर गर्न सहयोगी हुनेछ।

झण्डै ७८ वर्षअघि ‘एमआईटी’ का इलेक्ट्रिक इन्जिनियर ह्यारोल्ड एडगेर्टनले विशेष खालको प्रकाशको प्रयोग गर्नेगरी एउटा क्यामेराको अविष्कार गरेका थिए। उक्त क्यामेराबाट उनले एउटा स्याउमाथि हानिएको गोलीको स्पष्ट तस्बिर खिचेका थिए। त्यसपछि पानीको थोपा भुईमा खसेपछि त्यसबाट निस्केका मसिना छिटाहरुलाई त्यो क्यामेरामा कैद गरेका थिए। एडगेर्टनको यो प्रयोगपछि क्यामेरा प्रविधिले थप फड्को मारेको बताइएको छ। ‘क्याल्टेक अप्टिकल इमेजिंङ ल्याब्रोटरी’ का निर्देशक लिहोङ वाङ भन्छन्,‘हामीलाई थाहा थियो कि मात्र एक फेम्टोसेकेण्ड क्यामेराको उपयोगले प्रतिबिम्बको गुणात्मकता सीमित रहन्छ।

त्यसैले प्रतिबिम्बको गुणात्मकतामा सुधार ल्याउनका लागि मैले एउटा अर्को थप क्यामेरा जोडे, जसले स्थिर छवि प्राप्त गर्न सक्छ। फेम्टोसेकेण्ड स्क्रिन क्यामेराबाट लिइएको तस्बिरसँगै हामीले प्रतिसेकेण्ड १० ट्रिलियन फ्रेम रेकर्ड गर्ने बेला उच्च गुणात्मकता भएको तस्बिर प्राप्त गर्न सफल भयौँ।’ उनका अनुसार यो प्रविधि ‘ऱ्याडम ट्रान्सफर्म’ हो। यो प्रविधि सिटी स्क्यानबाट प्रतिबिम्ब बनाउनमा प्रयोग गरिन्छ। रियल टाइम इमेजिङ स्पिडका लागि विश्व रेकर्ड बनाउने ‘टी–क्यूप’ नामक क्यामेरा बायोमेडिकल, पदार्थ विज्ञान (मेटेरियल साइन्स) तथा अन्य एप्लिकेशनका लागि उपयोग हुने माइक्रोस्कोपको न्यू जेनेरेसन बनाउन सहयोगी हुने दाबी गरिएको छ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...