Tuesday 27th October 2026

सन्धि संशोधन प्रस्ताव : समुद्रसँग छोटिँदै दूरी


तिताेपाटी – भारतसँग अन्तरदेशीय जलमार्ग प्रयोग गर्न पाउने गरी व्यापार तथा पारवहन सन्धि संशोधनको मस्यौदा नोपलले अन्तिम चरणमा पुर्याएको छ ।

अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ – मस्यौदामा सहमति जुटे नेपालको समुद्रसँगको दूरी निकै छोटिनेछ ।मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, प्रस्तावनालाई पूर्णता दिने काम दसैं बिदापछि कार्यालय खुलेसँगै पुनः अघि बढेको छ ।

‘अब हामी छिट्टै संशोधनको अवधारणपत्र भारतीय पक्षलाई पठाउनेछौं, के कस्तो संशोधन राख्ने भन्नेबारे करिब-करिब सहमति भइसकेको छ’, मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भने, ‘संशोधित सन्धिले हामलिाई भारतमा निर्मित जल संरचनामार्फत सामान ढुवानी गर्ने बाटो खुला गर्नेछ ।’

भारतले कलकत्तादेखि बनारससम्म २५ सय मेट्रिक टनसम्म भारवहन क्षमताका मालवाहक जहाज चल्ने जलमार्ग विकासलाई तीव्रता दिइरहेका बेला गत अप्रिल ७ मा उक्त संरचना नेपाललाई पनि प्रयोग गर्न दिने गरी नयाँ कनेक्टिभिटीमा समझदारी भएको थियो ।

त्यसलाई मूर्त रुप दिन दुवै देशका अधिकारी सम्मिलित संयुक्त अध्ययन टोली बनाइएको छ । टोलीको जुलाई १५ र १६ मा काठमाडौंमा बसेको पहिलो बैठकले नेपाललाई जलमार्गसँग जोड्न सन्धि संशोधनको निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...