Friday 9th October 2026

युरोपियन हप्किडो च्याम्पियनशिपमा नेपालीलार्इ पहिलो अन्तर्राष्ट्रिय पदक


तितोपाटी – रसियामा भएको युरोपियन हाप्किडो च्याम्पियनसिपमा नेपालका प्रदीप थापाले कांस्य पदक दिलाएका छन् । हिँजो असोज २७ गते शनिबार भएको खेलमा प्रदीपले ७२ केजी तौल समूहमाथि कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तिमगरले जानकारी दिएका छन् ।

द युनियन अफ हाप्किडो फेडेरेसन रसियाको आयोजनामा सेन्ट पिटर्सबर्गमा भएको च्याम्पियनसिपमा कांस्य जित्दै प्रदीपले पहिलोपटक हाप्किडोमा अन्तर्राष्ट्रिय पदक दिलाएका हुन् । उक्त प्रतियोगिता अल स्टाइल स्पोर्टसमा भएको थियो । च्याम्पियनसिपमा संघका प्रमुख प्रशिक्षक लानम लामा र टिम व्यवस्थापकमा दीपेन्द्र तामाङ रहेका थिए ।

१२ देखि १३ अक्टोबरसम्म सञ्चालन भएको च्याम्पियनसिपमा अमेरिका, भारत, रसिया, अर्मेनिया, इरान, अस्ट्रिया, जर्मनी र नेपाललगायत १ दर्जन राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...