Monday 29th April 2024

युरोपियन हप्किडो च्याम्पियनशिपमा नेपालीलार्इ पहिलो अन्तर्राष्ट्रिय पदक


तितोपाटी – रसियामा भएको युरोपियन हाप्किडो च्याम्पियनसिपमा नेपालका प्रदीप थापाले कांस्य पदक दिलाएका छन् । हिँजो असोज २७ गते शनिबार भएको खेलमा प्रदीपले ७२ केजी तौल समूहमाथि कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तिमगरले जानकारी दिएका छन् ।

द युनियन अफ हाप्किडो फेडेरेसन रसियाको आयोजनामा सेन्ट पिटर्सबर्गमा भएको च्याम्पियनसिपमा कांस्य जित्दै प्रदीपले पहिलोपटक हाप्किडोमा अन्तर्राष्ट्रिय पदक दिलाएका हुन् । उक्त प्रतियोगिता अल स्टाइल स्पोर्टसमा भएको थियो । च्याम्पियनसिपमा संघका प्रमुख प्रशिक्षक लानम लामा र टिम व्यवस्थापकमा दीपेन्द्र तामाङ रहेका थिए ।

१२ देखि १३ अक्टोबरसम्म सञ्चालन भएको च्याम्पियनसिपमा अमेरिका, भारत, रसिया, अर्मेनिया, इरान, अस्ट्रिया, जर्मनी र नेपाललगायत १ दर्जन राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...