Thursday 5th March 2026

बारामा ५ वर्षीय बालकको अपहरण पछि हत्या


तितोपाटी – बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका-३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरण पछि हत्या गरिएको हो । दीपकलाई अपहरणकारीले असोज २४ गते बेलुकी अपहरण गरेका थिए। उनको शव गएराति गाउँ नजिकैको झाडीमा फेला परेकोछ।

प्रहरीले बालक अपहरणको आरोपमा त्यही टोलका १७ वर्षीय दुई युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा छन्। बारा जिल्लाकी प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि बयान लिने काम भइरहेको छ।

अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए। फिरौती जोरजाम गर्दैगर्दा अपहरणकारीले दीपकको हत्या गरेका दीपकका काका गणेश राय यादवले बताए।

बालक २४ गते नजिकैको रनीवासमा हजुरबुबा सिताराम यादवसँग मेला हेर्न गएका थिए। मेला हेरेर फर्कने क्रममा मोटरसाइकलमा आएका दुई जनाले बालकलाई इथाइनल सुँघाएर अपहरण गरेका थिए। काका गणेशले भने, ‘हजुरबा सँग आउँदै गर्दा पैसाको लोभ देखाए। अनि इथाइनल सुघाएर बेपत्ता पारे। पछि हरेन्द्रले आफ्नो मोबाइलबाट फिरौती माग्यो।’

प्रहरीका अनुसार अपहरणकारीको आरोपमा पक्राउ परेका बैठाको घरबाट बालक दीपकले लगाएको बाला फेला परेको छ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...