Monday 3rd August 2026

साप्ताहिक राशिफल (असोज २६ गते देखि कात्तिक १ गते सम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष 
केही दिनको अन्तरालमा मायालुसँग भेट हँुदा हर्षसँगै वेदना समेत आदान–प्रदान हुनेछन् । खानपान एवं जीवनचर्याले स्वास्थ्यमा गडबडी निम्त्याउन सक्छ । बुधबारपछि सहयोगको नाटक गर्नेहरूले फन्दामा पार्ने षड्यन्त्र गर्न सक्छन् । विद्युतीय उपकरणहरू सञ्चालन गर्दा होस पुर्‍याउनु होला ।
वृष 
अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त धन आर्जन गर्न सकिनेछ । प्रेमी–प्रेमिकाले मनको कुरा खोल्न ढिलाइ गर्ने छन् । रोजगारीका नौला अवसर प्राप्त हुनेछन् । व्यवसायमा  साथीहरूले सहयोग गर्ने परिस्थिति बन्दैछ । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला ।
मिथुन 
बाहिरी गफगाफमा अल्झिँदा व्यापार–व्यवसायमा असर पर्न सक्छ । कसैको साथ खोज्नु आफनो हितमा हुनेछैन । छोटो समयमै फाइदा लिन खोज्नेहरूसँग सावधान रहनुहोला । सेतो रंग प्रयोग गर्दा कतिपय काम सहजै फत्ते हुनेछन् । दु्रत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ ।
कर्कट 
आर्थिक पक्ष प्रबल हँुदै गएकाले नयाँ तथा पुराना सबै कार्यले फाइदा पुर्‍याउने देखिन्छ । भोज तथा मनोरञ्जनका निमन्त्रण हात लाग्न सक्छन् । रंग–रमाइलोमा पर्याप्त आनन्द उठाउन सकिनेछ । सेतो तथा गुलाबी रंगको प्रयोग गर्दा प्रशंसा गर्नेहरू बढ्ने छन् ।
सिंह 
रोकिएका कामाको गाँठो फुक्ने सम्भावना छ । कुनै पनि कार्यमा ढिलाइ नगर्नुहोला, अन्यथा पछि परिनेछ । अधुरा चाहना पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले नयाँ प्रस्ताव राख्ने छन् । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।
कन्या
तपाईंको सफलता देखेर भित्रभित्रै डाह गर्नेहरू प्रसस्तै हुनेछन् भने पछि लाग्नेहरू पनि उत्तिकै छन् । प्रत्येक कार्य सम्पन्न गर्ने क्रममा गोपनियताको हेक्का राख्नुहोला । सामाजिक सेवाका क्रममा केही समय खर्चनुपर्ने हुनसक्छ । भोजभतेर तथा खानपानमा संलग्न हँुदा समयको ख्याल गर्नुपर्ला ।
तुला 
व्यापारको सिलसिलामा लामो यात्रा हुने सम्भावना छ । ठूला व्यवसायीसँग उठबस हुँदा कूटनीतिक क्षमता प्रदर्शन गर्नु उचित हुन्छ । मन पराउने साथीले घुमाउरो भाषामा प्रेम प्रस्ताव राख्न सक्छन्, भावना बुझ्ने चेष्टा गर्नुहोला । साताको अन्त्यमा शारीरिक थकानले सताउन सक्छ ।
वृश्चिक
कर्मचारी वर्गले समय, सेवा तथा कार्यशैलीप्रति विशेष ध्यान पुर्‍याउनुहोला । नयाँ स्थान एवं क्षेत्रमा पदासीन हुने अवसर जुट्नेछ । कार्यक्षेत्र सम्हाल्न ढिलाइ नगर्नु मै आफ्नो कल्याण छ । गुलाबी रंग तथा दक्षिणतर्फको यात्रा बढी फलिफाप होला । वादविवादबाट टाढै रहनु पर्नेछ ।
धनु
व्यवहारमा देखा पर्ने आर्थिक हैरानीबाट मुक्त हुन ठुलाबडाको सल्लाह लिए जटिल अवस्था आइलाग्नेछैन । कार्य व्यस्तताले स्वास्थमा गडबडी देखा पर्न सक्छ, हेलचेक्र्याइँ नगर्नुहोला । साताको अन्त्यमा घरायसी सरसामग्री जोहो गर्न समय खर्चनुपर्नेछ ।
मकर
अध्ययन–अध्यापनमा प्रगति हुनेछ । सामाजिक जिम्मेवारी पूरा गर्दा आफ्नो पहिचान फराकिलो होला । व्यापार–व्यवसायबाट अपेक्षाभन्दा बढी लाभ मिल्नेछ । प्रेमी–प्रेमीकाबीचको सम्बन्ध प्रगाढ हुनेछ । आम्दानीका थप स्रोत फेला पर्न सक्छन् । सहकर्मीहरूसँगको वैचारिक मतभिन्नतामा आफन्तहरूले सहयोग गर्नेछन् ।
कुम्भ 
परिश्रम मुताविक राम्रै फल पाइनेछ । पुरुषार्थले नाम तथा दाम स्वत: वृद्धि गराउनेछ । अरूलाई बचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन दृढ संकल्पको खाँचो छ । बोलीको मधुरताको बलमा आर्थिक संकटबाट पार पाइनेछ । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गरे पछि परिएला ।
मीन 
 पराक्रम बढ्नुका साथै काममा अपेक्षा गरे जस्तै सफलता प्राप्त हुनेछ । विभिन्न खालका प्रतिस्पर्धामा सहभागी भै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । पदीय जिम्मेवारीले थप मेहनत तथा समयको अपेक्षा गरेको छ । खानपानको निम्तोमा उपस्थित हुँदा स्वास्थ्यको ख्याल राख्नुहोला । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले भ्रमणको प्रस्ताव राख्न सक्छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतले आज, आइतबार, सन् १९९० अगस्ट २ मा भएको इराकी आक्रमणको ३६औँ वार्षिकोत्सव मनाएको छ। कुवेतको इतिहासमा यो दिनलाई राष्ट्रिय…

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD…

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

प्रतिकृयाहरू
...