Monday 29th April 2024

साफ यु – १८ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित


तितोपाटी – नेपाल भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि हात पार्नबाट चुकेको छ। भुटानको राजधानी थिम्पु स्थित चाङलिमिथाङ रंगशालामा भएकाे खेलमा नेपाल बंगलादेशसँग १-० काे हार व्यहाेर्न वाध्य भयाे।

समुह चरणमा भाेगेकाे हारकाे बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रेकाे नेपाली टाेली पुन: एकपटक बंगलादेशसँगनै महत्वपूर्ण खेलमा पराजित हुन पुग्याे। पहिलाे हाफकाे खेल गाेल रहित बराबरीमा सकिए पनी दाेस्राे हाफ सुरु भएकाे चाैथाे मिनेटमा नै नेपाली टाेलीले गाेल खान पुग्याे ।

बंगलादेशका लागि एकमात्रै विजयी गाेल खेलकाे ४९ अाैं मिनेटमा मसुरा परविनले गरिन्। प्रतियाेगिताकाे सर्वाधिक गाेलकर्ता नेपालकी रेखा पाैडेल भइन्।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...