Thursday 28th March 2024

साप्ताहिक राशिफल(असोज १९ गते देखि २५ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष 

प्रयास दोहर्‍याए बिनालगानी विदेशी भूमिमा अध्ययनको अवसर हात पर्नेछ । प्रेमी–प्रेमिका प्रणयसूत्रमा बाँधिन अझै केही समय लाग्न सक्छ । प्राविधिक प्रदर्शन तथा सामाजिक सभा–सम्मेलनहरूमा समय खर्चनुपर्ने हुन सक्छ । विपक्षीले तपाईंको आन्तरिक क्रियाकलापको चियोचर्चा गरे पनि बाधा पुर्‍याउन सक्नेछैनन् ।  रातो रंग प्रयोग गर्दा थप फाइदा उठाउन सकिन्छ ।

वृष 

मेहनत, कर्तव्यनिष्ठता एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । टाढा भएका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । पूर्वसहमति पालना नगर्दा प्रेमी–प्रेमिका चिढिन सक्छन् । साताको अन्त्यमा चिसोबाट जोगिनुहोला । मनोरञ्जनका क्रममा पनि स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

मिथुन 

प्रात: ब्रह्म मुहूर्तमा उठी ईश्वरको स्मरण एवं योग गर्नाले मानसिक तनाव एवं थकान स्वत: निर्मूल हुनेछ । कठोर परिश्रम गर्नुपर्ने समय छ । दिन–प्रतिदिन नजिकिँदो अवसर तथा चुनौतीलाई परास्त गर्न थप समय दिनुपर्ने हुन्छ । अभिभावकहरूको रायमुताविक चल्न सके समस्याबाट मुक्त रहन सकिएला ।

कर्कट 

इच्छा–आकांक्षा तीव्र रूपमा अघि बढेको अवस्था छ । आशा मारिएको व्यवसायले उत्साह जगाउनेछ । मन मिल्ने साथीको स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । बुधबारपछिका दिनमा भ्रमणसहित भोज–भतेरमा सहभागी हुन पाइनेछ । आम्दानीभन्दा बढी खर्च होला ।

सिंह 

प्रभावशाली व्यक्तित्वहरूसँग भलाकुसारी हुनेछ भने समयले पनि साथ दिनेछ । ठूला प्रकृतिका कार्य सम्पन्न गर्नुपर्ने हुनाले जटिलतातर्फ ध्यान पुर्‍याउनुहोला । मंगलबार मन खिन्न भए पनि अन्य दिनहरू उत्साहजनक रहनेछन् । विलासिताका साधन खरिद–बिक्री गर्न अग्रसर भइनेछ । भ्रमणका क्रममा सरसामान छुट्न सक्छन् ।

कन्या

मन पराउनेहरूले दिएको सुझाव तथा सल्लाह उत्प्रेरक हुनेछन् । आफ्नै प्रयत्नबाट थालिएको उद्योग–व्यवसायले मुनाफा दिलाउनेछ । साथीभाइसँग मनोरञ्जन गर्दा प्रेमी–प्रेमिकाहरू चिढिन सक्छन् । साताको अन्त्यतिर भने आर्थिक संकटको सामना गर्नुपर्ला ।

तुला  

कार्य सञ्चालनमा आइलागेका बाधाहरू फुक्नेछन् । सोमबारपछिको समय परिणाममुखी हुनेछ । सरोकार नभएको कार्यले फजुल खर्च गराउनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ, निर्णयमा ढिलाइ नगर्नुहोला । सप्ताहन्तमा भ्रमणबाट यथेष्ट मनोरञ्जन प्राप्त गर्न सकिनेछ ।

वृश्चिक

मन पराउनेहरूको प्रस्ताव आलटाल गर्नाले एक–अर्काबीच दूरी बढ्ने सम्भावना छ । मंगलबारपछिका दिनमा भाग्यले साथ दिँदै रोकिएका काममा सफलता हात लाग्नेछ । सामाजिक क्षेत्रमा युवा अभियानको नेतृत्व गर्ने अवसर पाइनेछ । साताका अन्त्यमा शुभ तथा पुण्य कार्यमा समय खर्चनुपर्ला ।

धनु 

नौला स्थानको भ्रमण हुनसक्छ । प्रेमी–प्रेमिकाले खर्च गराउन सक्छन् । अविस्मरणीय समय बिताउन पाइनेछ । साझेदारीमा थालिएको कार्यले अवसरको ढोका खोल्नेछ । आफ्नै शारीरिक कमजोरी एवं आलस्यताले महत्वपूर्ण काम छुटन सक्ने भएकाले समयको व्यवस्थापन महत्वपूर्ण छ ।

मकर 

शनिको प्रभावले व्यवसायमा उतारचढाव देखा पर्न सक्छ । सूर्यको आराधना गर्न सके सहजता महसुस हुनेछ । विदेश यात्राको अवसरसमेत प्राप्त होला । विद्यार्थीवर्गले अध्ययनमै जोड दिनुहोला । साताको अन्त्यमा साथीहरूको सुझावअनुरूप निर्णय लिनु उपयुक्त हुन्छ ।

कुम्भ

विदेशी साथीभाइसँगको सम्बन्ध थप प्रगाढ हुनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नाफामूलक व्यवसाय सञ्चालनमा ल्याउन सकिनेछ ।  खराब आचरण हुनेहरूले जालझेल गर्न सक्छन्, सचेत रहनुहोला । प्रलोभन देखाउनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने प्रयास गर्नुपर्नेछ ।

मीन 

आम्दानी हुने व्यवसायमा लगानी गर्न प्रेमी–प्रेमिकाले उत्सुकता तथा तत्परता देखाउनेछन् । उनको भावनाअनुरूप काम गर्न सके थप फाइदा हुनेछ । आर्थिक पक्ष सबल हुँदै भौतिक सुखका साधन जुट्नेछन् । बुद्धिको प्रयोगले प्रतिष्ठा जोगाउनुपर्नेछ । पहेंलो रंगको परिहनले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ ।


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...