Tuesday 23rd September 2025

महोत्तरीमा प्रधानाध्यापकले गरे दलित छात्रलार्इ विद्यालय प्रवेश निःषेध


तितोपाटी – महोत्तरीमा डोम समुदायका छात्रलाई प्रधानाध्यापकले विद्यालय प्रवेशमा रोक लगाएका छन् । देशभर विद्यालय भर्ना अभियान चलिरहँदा विद्यालयमा प्रधानाध्यापकले विद्यार्थीलाई फूलमाला लगाएर स्वागत गर्ने जिम्मेवारी पाएका छन् । तर शिक्षामन्त्री गिरिराजमणि पोखरेलकै निर्वाचन क्षेत्रमा विद्यालय पढन गएका डोम जातिका छात्र विद्यालयबाट निकालिएका छन् । शिक्षकले नै डोम विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएका हुन् ।

भंगहा नगरपालिका–९ हरिनमरीस्थित किशोरी जनता माविका प्रधानाध्यापक (प्रअ) मनोहर यादवले डोम विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको पीडित परिवारले बताएका छन् । कक्षा ७ मा अध्ययनरत छात्र मुकेश मल्लिकलाई प्रअ यादवले विद्यालय प्रवेशमा रोक लगाएका हुन् । नियमित झैं विद्यालय पढन आएका मुकेशलाई मंगलबार प्रअ यादवले कहिल्यै नआउनु भन्दै विद्यालयबाट निकालिदिएको आमा अनिता देवीले बताइन् ।

विद्यालयका लेखापाल राकेश यादवले विद्यालय बन्द गरी हजुरआमाको शुद्धिको भोज गरेका थिए । विद्यालय परिसरमै फालिएको भोजको पात मुकेशको घरमा रहेका सुँगुरले छरेका थिए । विद्यालय समयमा गन्हाएको भोजको पात फ्याँक्न नमानेपछि विद्यालयबाट निकालिएको मुकेशले बताए । तर, प्रअ यादवले मुकेश बुधबार पढन विद्यालय आएको दाबी गरे ।

कक्षा ७ मा अध्ययनरत मुकेशका सहपाठी ऋतिकरोशन दासका अनुसार प्रअ यादवले उनलाई चर्को स्वरमा विद्यालय नआउनु भन्दै निकालेका थिए । विद्यालयका पूर्वविद्यलाय व्यवस्थापन समितिका अध्यक्ष रामविहारी यादवले प्रअले अमानवीय काम गरेको बताए । आर्थिक अवस्था कमजोर हुँदा शिक्षाबाट वञ्चित दलित समुदायका छात्रलाई विद्यालयमा आउन प्रतिबन्ध लगाएर अमानवीय काम गरेकाले दोषीलाई दण्डित गर्नुपर्ने यादवले माग गरे ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीले पीडित छात्र र विद्यालयका शिक्षकबीच छलफल गरी दोषीलाई कारबाही गरिने बताए । विद्यालय आउन प्रतिबन्ध लगाएका प्रअले तीन वर्षअघि राकेश मल्लिकलाईसमेत कुटपिट गरी विद्यालयबाट निकालेका थिए । प्रअ यादवकै कारण कक्षा ६ मा अध्ययनरत राकेश फेरि विद्यालय जान सकेनन् ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...