Tuesday 23rd September 2025

रसुवाबाट ल्याउँदै गरेको अवैध ५ किलो सुन सहित बालाजुबाट एक जना पक्राउ


तितोपाटी – महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पाँच किलो सुनसहित बालाजुबाट एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले सोमबार बेलुका पाँच किलो सुनसहित एकजनालाई पक्राउ गरेको हो ।

पाँच किलो सुनसहित रसुवाका १८ वर्षका सोबहादुर तामाङलाई पक्राउ गरिएको एसएसपी बसन्त लामाले जानकारी दिए । तामाङ रसुवाबाट ५ किलो सुन कम्मरमा बाँधेर लोकल बस चढी काठमाडौं आएका हुन्। उनलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिई खानतलासी गर्दा सुन भेटिएको प्रहरीले जनाएको छ। बालाजुको तीनपिपलेबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले यस सम्बन्धमा बुधबार नै पत्रकार सम्मेलन गर्दैछ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी लामाले बताए । यसअघि गएको मंगलबार तीन किलो सुनसहित प्रहरीले टोखाबाट दुईजनालाई पक्राउ गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...