Sunday 5th April 2026

प्युठानमा जीप दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु


तितोपाटी – प्यूठान प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ । लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।

ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो । ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा अन्य मानवीय क्षति भएको छैन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा उद्धार कार्य जारी रहेको स्थानीय जनक केसीले बताए ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...