Monday 3rd August 2026

साप्ताहिक राशिफल(असोज १२ गते देखि १८ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष 

ओहदाअनुरूप कार्यदक्षता देखाउन नसके उपल्लो दर्जाको मूल्यांकनमा छुटिने सम्भावना छ । प्रेमिकाले आफ्ना साथीहरूको  काम  फत्ते गर्न सहयोग माग्नेछिन् । सामाजिक कार्यक्रममा  समय खर्चिनुपर्ने स्थिति आइलाग्न सक्छ । कुनै पनि काम जिम्मेवारीपूर्वक सम्पन्न गर्नुमै आफ्नो भलो छ ।

वृष 

योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । नगद सापटी लिएका साथीहरूले समयमा वचन पूरा नगर्दा आर्थिक समस्या आइलाग्न सक्छ । भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च हुनेछ । उत्ताउलोपनले परिणाममुखी कार्य सम्पन्न गर्न बाधा खडा गर्नेछ । पूण्य आर्जनमा संलग्न हुने योग छ ।

मिथुन 

कुरा काटनेहरू तपाईंको कमजोरी पहिल्याउन सक्रिय छन् । षड्यन्त्रको घेरामा पार्न खोज्नेहरूको समेत कमी छैन । यी सबैलाई स्वाभिमानले परास्त गर्न सकिनेछ । मित्रताको विश्वासमा पुन: तुषारापात हुन सक्छ । हेक्का राखी विचार आदान–प्रदान गर्नुहोला । सुन्तला रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहज बनाउनेछ ।

कर्कट 

जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । अरूको मन सजिलै जित्न सकिनेछ । गुलिया वस्तु कम सेवन गर्नुमै भेला छ । काममा अपेक्षाकृत लाभ हासिल भै दिगो लगानीको ढोकासमेत खोलिनेछ । सोमबारपछिको समय बढी प्रेरणादायक हुनेछ ।

सिंह 

शनिको प्रभावले व्यवसायमा उतारचढाव सिर्जना गर्न सक्छ । सूर्यको आराधना गर्न सके केही सहजता महसुस होला । विदेश यात्राको अवसर प्राप्त हुन सक्छ । विद्यार्थीवर्गले अध्ययनमा विशेष मेहनत गर्नुपर्नेछ । साताको अन्त्यमा साथीहरूको सुझावअनुरूप अघि बढ्नुहोला । खर्चको मात्रा वृद्धि हुने योग छ ।

कन्या 

लगनशीलताले विविध अवसर जुटाउनेछ । आफ्नो नामबाट अरूले फाइदा उठाउन सक्छन् । रसपान तथा वादविवादमा टाढा रहनु नै उपयुक्त हुन्छ । साताको अन्त्यमा यात्राको अवसर जुट्न सक्छ । पुराना मित्रहरूसँगको भेटले मनोरञ्जन प्रदान गर्नेछ ।

तुला 

रोकिएका कार्यमा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । विपक्षीले स–साना त्रुटि औल्याउन सक्छन् । बुद्धिको सहायताले अधिकार एवं प्रतिष्ठा जोगाउन सकिएला ।  आफ्नो खानपान तथा पहिरनबाटै अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यतिर बढ्दो खर्चले पिरोल्नेछ ।

वृश्चिक 

आफन्तलाई वचन दिँदा विशेष ध्यान पुर्‍याउनुहोला । सफलता हासिल गर्न प्रयत्न दोहोर्‍याउनुपर्नेछ । धनको जोहो गर्न विशेष ध्यान पुर्‍याउनुपर्नेछ । सामाजिक क्षेत्रमा गरिएका कार्यमार्फत विपक्षीको षड्यन्त्रलाई निस्तेज पार्न सकिनेछ । भोजन तथा दैनिक जीवनचर्यामा सावधानी अपनाउनुहोला ।

धनु 

हठ गर्ने प्रवृत्तिले पारिवारिक सम्बन्धमा खिचलो उत्पन्न गराउन सक्छ । हूलमूलमा आफ्ना सरसामान जोगाउने चेष्टा गर्नुहोला । सफलता हात पार्न केही दौडधूप गर्नुपर्ने हुन्छ ।  अधिकार एवं प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान दिनुपर्ला । साताको अन्त्यमा आर्थिक समस्या सिर्जना हुनसक्छ ।

मकर 

शारीरिक सौन्दर्य वृद्धिमा मन जानेछ  । खर्च वृद्धिको योग छ । मित्रहरूको आलोचनालाई सकारात्मक रूपमा लिन सके उचाइमा पुग्न सकिनेछ । मंगलबार तथा गुरुबार महत्वपूर्ण कार्य सम्पन्न होलान् । खानपान एवं दैनिक जीवनचर्याले स्वास्थ्यमा उथलपुथल निम्त्याउन सक्छ ।

कुम्भ 

तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउनेछ । स्वरोजगार हुँदा हर्षले गद्गद भइनेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुमै आफ्नो हित छ । आफन्त तथा प्रशंसकहरूलाई फरक अनुभुति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा अन्य अवसर समेत फेला पर्नेछन् ।

मीन 

सभा–समारोहमा नेतृत्वदायी भूमिकाका साथ सहभागी हुने अवसर प्राप्त हुनेछ । आकर्षक सवारी साधनको खरिदले अरूको मन लोभ्याउनेछ । फजुल खर्चबाट जोगिनुहोला । प्रेमिकासँगको मनमुटावका क्रममा अनावश्यक वादविवादसमेत हुनेछ । काममा बेवास्ता गर्दा विभिन्न अड्चन आइलाग्न सक्छ ।

 


सम्बन्धित शीर्षकहरु

कुवेतले आज, आइतबार, सन् १९९० अगस्ट २ मा भएको इराकी आक्रमणको ३६औँ वार्षिकोत्सव मनाएको छ। कुवेतको इतिहासमा यो दिनलाई राष्ट्रिय…

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD…

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

प्रतिकृयाहरू
...