Thursday 28th March 2024

साप्ताहिक राशिफल(असोज १२ गते देखि १८ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष 

ओहदाअनुरूप कार्यदक्षता देखाउन नसके उपल्लो दर्जाको मूल्यांकनमा छुटिने सम्भावना छ । प्रेमिकाले आफ्ना साथीहरूको  काम  फत्ते गर्न सहयोग माग्नेछिन् । सामाजिक कार्यक्रममा  समय खर्चिनुपर्ने स्थिति आइलाग्न सक्छ । कुनै पनि काम जिम्मेवारीपूर्वक सम्पन्न गर्नुमै आफ्नो भलो छ ।

वृष 

योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । नगद सापटी लिएका साथीहरूले समयमा वचन पूरा नगर्दा आर्थिक समस्या आइलाग्न सक्छ । भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च हुनेछ । उत्ताउलोपनले परिणाममुखी कार्य सम्पन्न गर्न बाधा खडा गर्नेछ । पूण्य आर्जनमा संलग्न हुने योग छ ।

मिथुन 

कुरा काटनेहरू तपाईंको कमजोरी पहिल्याउन सक्रिय छन् । षड्यन्त्रको घेरामा पार्न खोज्नेहरूको समेत कमी छैन । यी सबैलाई स्वाभिमानले परास्त गर्न सकिनेछ । मित्रताको विश्वासमा पुन: तुषारापात हुन सक्छ । हेक्का राखी विचार आदान–प्रदान गर्नुहोला । सुन्तला रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहज बनाउनेछ ।

कर्कट 

जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । अरूको मन सजिलै जित्न सकिनेछ । गुलिया वस्तु कम सेवन गर्नुमै भेला छ । काममा अपेक्षाकृत लाभ हासिल भै दिगो लगानीको ढोकासमेत खोलिनेछ । सोमबारपछिको समय बढी प्रेरणादायक हुनेछ ।

सिंह 

शनिको प्रभावले व्यवसायमा उतारचढाव सिर्जना गर्न सक्छ । सूर्यको आराधना गर्न सके केही सहजता महसुस होला । विदेश यात्राको अवसर प्राप्त हुन सक्छ । विद्यार्थीवर्गले अध्ययनमा विशेष मेहनत गर्नुपर्नेछ । साताको अन्त्यमा साथीहरूको सुझावअनुरूप अघि बढ्नुहोला । खर्चको मात्रा वृद्धि हुने योग छ ।

कन्या 

लगनशीलताले विविध अवसर जुटाउनेछ । आफ्नो नामबाट अरूले फाइदा उठाउन सक्छन् । रसपान तथा वादविवादमा टाढा रहनु नै उपयुक्त हुन्छ । साताको अन्त्यमा यात्राको अवसर जुट्न सक्छ । पुराना मित्रहरूसँगको भेटले मनोरञ्जन प्रदान गर्नेछ ।

तुला 

रोकिएका कार्यमा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । विपक्षीले स–साना त्रुटि औल्याउन सक्छन् । बुद्धिको सहायताले अधिकार एवं प्रतिष्ठा जोगाउन सकिएला ।  आफ्नो खानपान तथा पहिरनबाटै अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यतिर बढ्दो खर्चले पिरोल्नेछ ।

वृश्चिक 

आफन्तलाई वचन दिँदा विशेष ध्यान पुर्‍याउनुहोला । सफलता हासिल गर्न प्रयत्न दोहोर्‍याउनुपर्नेछ । धनको जोहो गर्न विशेष ध्यान पुर्‍याउनुपर्नेछ । सामाजिक क्षेत्रमा गरिएका कार्यमार्फत विपक्षीको षड्यन्त्रलाई निस्तेज पार्न सकिनेछ । भोजन तथा दैनिक जीवनचर्यामा सावधानी अपनाउनुहोला ।

धनु 

हठ गर्ने प्रवृत्तिले पारिवारिक सम्बन्धमा खिचलो उत्पन्न गराउन सक्छ । हूलमूलमा आफ्ना सरसामान जोगाउने चेष्टा गर्नुहोला । सफलता हात पार्न केही दौडधूप गर्नुपर्ने हुन्छ ।  अधिकार एवं प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान दिनुपर्ला । साताको अन्त्यमा आर्थिक समस्या सिर्जना हुनसक्छ ।

मकर 

शारीरिक सौन्दर्य वृद्धिमा मन जानेछ  । खर्च वृद्धिको योग छ । मित्रहरूको आलोचनालाई सकारात्मक रूपमा लिन सके उचाइमा पुग्न सकिनेछ । मंगलबार तथा गुरुबार महत्वपूर्ण कार्य सम्पन्न होलान् । खानपान एवं दैनिक जीवनचर्याले स्वास्थ्यमा उथलपुथल निम्त्याउन सक्छ ।

कुम्भ 

तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउनेछ । स्वरोजगार हुँदा हर्षले गद्गद भइनेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुमै आफ्नो हित छ । आफन्त तथा प्रशंसकहरूलाई फरक अनुभुति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा अन्य अवसर समेत फेला पर्नेछन् ।

मीन 

सभा–समारोहमा नेतृत्वदायी भूमिकाका साथ सहभागी हुने अवसर प्राप्त हुनेछ । आकर्षक सवारी साधनको खरिदले अरूको मन लोभ्याउनेछ । फजुल खर्चबाट जोगिनुहोला । प्रेमिकासँगको मनमुटावका क्रममा अनावश्यक वादविवादसमेत हुनेछ । काममा बेवास्ता गर्दा विभिन्न अड्चन आइलाग्न सक्छ ।

 


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...