Sunday 5th April 2026

पर्वतमा अाफ्नै घरमा सुतेको अबस्थामा १३ वर्षीया किशोरी बलात्कृत


तितोपाटी – बलात्कार र हत्याका घटना दिन प्रतिदिन बढि रहेका छन् र सार्वजनिक पनि भै रहेका छन् । २ दिन अघि मात्रै पोखराको पुम्दीभुम्दीमा १० वर्षीय बालिकालार्इ बलात्कार गरि हत्या गरेको अारोपमा २७ वर्षीय युवकलार्इ पक्राउ गरेर सार्वजनिक गर्न नपाउँदै पर्वतमा पनि अर्को २० वर्षे युवकलार्इ एक १३ वर्षीया किशोरीलार्इ  बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

कुश्मा नगरपालिका वडा नम्बर–२ की ती किशोरीलार्इ बलात्कार गरेको आरोपमा स्थानीय २० वर्षीय विनोद नेपालीलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार मध्यरातमा पीडित किशोरीको घरमै गएर पीडकले बलात्कार गरेको अारोप लागेको छ ।

प्राप्त जानकारी अनुसार

गत भदौ २७ गते राती २ बजेतिर किशोरी  घरमै सुतिरहेको अवस्थामा बलात्कृत भएको जनाइएको छ। आफ्नै घरको बार्दलीमा सुतिरहेकी बालिकालाई घरको भित्ता र खम्बा हुँदै बार्दलीमा चढेर मुख थुनेर जबर्जस्ती करणी गरेको जाहेरी सोमबार दर्ता भएपछि प्रहरीले नेपालीलाई मंगलबार पक्रेको हो।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...