Tuesday 23rd September 2025

पर्वतमा अाफ्नै घरमा सुतेको अबस्थामा १३ वर्षीया किशोरी बलात्कृत


तितोपाटी – बलात्कार र हत्याका घटना दिन प्रतिदिन बढि रहेका छन् र सार्वजनिक पनि भै रहेका छन् । २ दिन अघि मात्रै पोखराको पुम्दीभुम्दीमा १० वर्षीय बालिकालार्इ बलात्कार गरि हत्या गरेको अारोपमा २७ वर्षीय युवकलार्इ पक्राउ गरेर सार्वजनिक गर्न नपाउँदै पर्वतमा पनि अर्को २० वर्षे युवकलार्इ एक १३ वर्षीया किशोरीलार्इ  बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

कुश्मा नगरपालिका वडा नम्बर–२ की ती किशोरीलार्इ बलात्कार गरेको आरोपमा स्थानीय २० वर्षीय विनोद नेपालीलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार मध्यरातमा पीडित किशोरीको घरमै गएर पीडकले बलात्कार गरेको अारोप लागेको छ ।

प्राप्त जानकारी अनुसार

गत भदौ २७ गते राती २ बजेतिर किशोरी  घरमै सुतिरहेको अवस्थामा बलात्कृत भएको जनाइएको छ। आफ्नै घरको बार्दलीमा सुतिरहेकी बालिकालाई घरको भित्ता र खम्बा हुँदै बार्दलीमा चढेर मुख थुनेर जबर्जस्ती करणी गरेको जाहेरी सोमबार दर्ता भएपछि प्रहरीले नेपालीलाई मंगलबार पक्रेको हो।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...