Thursday 5th March 2026

हेटाैंडामा पुरूषबाट पुरूष नै बलात्कृत भए


तितोपाटी – पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो ।

महिलाहरुले सिंखडालाई गाउँ परिक्रमा गराउँदै गर्दा इलाका प्रहरी कार्यालय पशुपतिनगरले उनलाई पक्राउ गरी बुधबार साँझ छाडेको स्थानीय महिला दुर्गा अधिकारीले बताए । सिम्खडाले मंगलबार साँझ मनकामना चोक नजिक बारीमा ती युवकलाई यौन दुब्र्यवहार गरेको स्थानीय दुईजना महिलाले देखेपछि घटना सार्वजनिक भएको उनले बताइन् ।

‘महिलाले देखेपछि तुरुन्त होहल्ला भयो । तर रात परिसकेकोले त्यो दिन हामीले केही गर्न सकेनौं’, अधिकारीले भनिन्, ‘आज बिहान चोकमा उपस्थिति महिलाहरुले सिम्खडालाई मोसो दलेर घुमाउँदै गर्दा प्रहरीले लिएर गएको थियो तर दिनभर दुबै पक्षबीच छलफल गराएर सहमतिपछि प्रहरीले पीडकलाई साँझ छाडेको छ ।’

पीडिकले माफी माग्नुका साथै गाउँका सबै प्रहरी चौकीमा आएर एक पटकलाई माफी दिन भनेपछि सहमति गरेको पीडितका एक आफन्तले बताए । ‘गाउँमै बस्नुपर्ने सबैले भनेपछि मिलौं भनेर सहमति गरेका हौं’, उनले भने ।

यस बिषयमा बुझ्दा मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्गले आफुलाई केही थाहा नभएको बताए । ‘जिल्लामा कुनै जानकारी पनि आएको छैन । प्रहरीले कसैलाई पक्राउ पनि गरेको छैन’, उनले भने ।

ईलाका प्रहरी कार्यालय पशुपतिका प्रहरी निरीक्षक अनुजजंग रायमाझीले गाउँलेहरुबीच सहमति भएपछि सिंखडालाई छाडिएको बताए । घटना सामान्य भएको र सिम्खडाबाट कोही बलात्कृत भएको नपाइएका कारण छाडिएको रायमाझीले दाबी गरे ।

पक्राउ परेका सिम्खडा अन्य समयमासमेत मदिरा पिएर गाउँमा हल्ला गर्दै हिँड्ने गरेको स्थानीय महिलाहरुको गुनासो छ । बुधबार छलफलका लागि गएका महिलाहरुलाई प्रहरी कार्यालयमा सिम्खडा पक्षधर ब्यक्तिहरुले उल्टै दुब्र्यवहार गरेको आरोपमा उजुरी गर्ने धम्की दिएको स्थानीय महिलाहरुको दुखेसो छ ।

फौजदारी संहिताको दफा दुईसय २४ मा यौन दुर्ब्यवहार सम्बन्धी कसुरमा पीडकलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानूनी प्रावधान रहेको जिल्ला बार एशोसियन मकवानपुरका उपाध्यक्ष ऋषि केवीले बताए ।

फौजदारी संहिताकै दफा दुईसय २६ मा अप्रकृतिक मैथुनसम्बन्धी कुसरमा तीन वर्षसम्म कैद र ३० हजार जरिवानासँगै दुवै कसुरमा पीडितलाई मनासिव क्षतिपूर्ति दिलाउने उल्लेख रहेको उनले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...