Thursday 5th March 2026

तनहुँमा सवारी दुर्घटनामा २ को मृत्यु, ८ घाइते


तितोपाटी – पृथ्वी राजमार्गस्थित म्याग्दे गाँउपालिका–४ मनहरीमा मंगलबार बिहान सवारी ठोक्किदा दुई यात्रुको मृत्यु भएको छ भने ८ घाइते भएका छन्।

दमौलीबाट पोखरातर्फ जादै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरको लु १ ख ४१९४ नम्बरको बस एक आपसमा जुद्धा माइक्रोमा सवार दुई यात्रुको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण वहादुर क्षेत्रीलेका अनुसार मृत्यु हुनेमा व्यास–४ बस्ने सरस्वती कुवँर छन् भने एक जनाको परिचय खुलेको छैन्। उनिहरुको घटनास्थलमै  मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै माइक्रो चालक म्याग्दे गाउँपालिका–१ गुणादीका ३० वर्षीय तुल बहादुर विक गम्भिर घाइते भएको प्रहरीले जनाएको छ। चालक विक सहित अन्य ७ घाइतेको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भएको छ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...