Tuesday 23rd September 2025

भारतबाट नेपाल ल्याउँदै गरेको झण्डै ७२ लाख भारू सहित १ युवक पक्राउ


तितोपाटी – ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले कैलालीमा एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित लम्की चुहा नगरपालिका १ का ३१ वषिर्य कृष्णराज जोशीलाई नियन्त्रणमा लिएको हो ।

भजनी नगरपालिका ३ नेपाल-भार सीमा नजिकै रहेको कुसुमघाटबाट आलुको बोरामा लुकाएर ल्याउँदै गरेको भारतीय रुपैयाँसहित ३१ वर्षीय जोशीलाई से४प ६७६० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएइएको सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद भट्टले जानकारी दिए ।

जोशीलाई इलाका प्रहरी कार्यालय टीकापुरको जिम्मा लगाएको उनले जानकारी दिए । उक्त रकम त्यहाँबाट प्रकिया पूरा गरी राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।

भारतीय शहर दिल्लीमा एकजना व्यापारीको केही दिन अगाडि मात्रै करोडौं रकम चोरी भएको थियो । रकम चोरी भएदेखि नै ती व्यापारीकहाँ काम गर्ने तीन जना नेपालीहरु फरार रहेका कारण प्रहरीले फेला पारेको रकम भारतीय व्यापारीको हुनसक्ने श्रोतको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...