Saturday 9th August 2025

विराटनगरमा ह्युमपाइपभित्र सडेको अबस्थामा युवकको शब भेटियो


तितोपाटी – विराटनगर महानगरपालिका १६ मा युवकको शव भेटिएको छ । विराटनगर रानीको बुधनगर जाने भित्री सडकको हृयुमपाइप भित्र कुहिन थालेको अवस्थामा युवकको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार विभत्स अवस्थामा भेटिएको युवकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्दाजी २५-२६ बर्षको जस्तो देखिएको युवकको अनुहार पहिचान गर्न सक्ने अवस्थाको छैन ।

हृयुमपाइप भित्रै सडेको अवस्थामा भेटिएपछि प्रहरी स्काभेटरको प्रयोग गरी शव निकालेको निरौलाले बताए । सहज रुपमा शव निकाल्न नसकिएपछि स्काभेटर प्रयोग गरेको हो । सडेको अवस्थामा भेटिएको शवको अनुहार पहिचान गर्न सक्ने अवस्थाको छैन ।

सडक आवतजावत गर्ने स्थानीयबासीले दुर्गन्ध आएपछि आइतबार हृयुमपाइप भित्र हेर्दा शव भेटेका थिए । प्रहरी निरीक्षक निरौलाका अनुसार शव निकाल्नका लागि बाटो भत्काइएको छ । हत्या गरी फालिएको हुन सक्ने आशंका सहित घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए ।

यसअघि विराटनगर महानगरपालिका १४ स्थित निर्माणाधीन रेल्वे ट्रयाकमा गत साउन १८ गते नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । कल्भर्टमुनिको दहमा नग्न अवस्थामा भेटिएकी युवतीको अझै पहिचान हुन सकेको छैन । युवतीको पहिचान हुन नसकिरहेको अवस्थामा आइतबार शव भेटिएको हो ।


सम्बन्धित शीर्षकहरु

रबि केन्द्रमा, देशको राजनीतिक ध्रुवीकरण आज नेपालको राजनीति रबि लामिछाने वरिपरि घुमिरहेको छ। जसरी सत्ताको उन्मादले उनलाई निरन्तर अत्याचार गरिरहेको…

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई अमेरिकी आणविक पनडुब्बीहरू रूसको नजिक सारेको बताएको केही दिनपछि रूसी र चिनियाँ नौसेनाहरूले जापानको सागरमा…

प्रतिकृयाहरू
...