Saturday 4th April 2026

बारामा घाँटी रेटि हत्या गरिएको अबस्थामा महिलाको शब फेला पर्यो


तितोपाटी – बारामा घाटी रेटी हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ। घाटी रेटी हत्या गरेको अवस्थामा कलैया उपमहानगरपालिका–१३ बलिरामपुरकी सियापति धोबिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शनिबार बेलुका पसाहा खोला नजिकै रहेको खेतमा काम गर्न जाँदा उनी बेपता भएकी थिइन्। खेतमा काम गर्न गएकी धोविन राती घर नफर्केपछि परिवारका सदस्यहरुले उनको निकै खोजि गरेपिन कुनै पत्ताे नलागेकाेमा आइतबार विहानै खोज्न जाँदा हत्या गरेर पसाहा खोला नजिकै रहेको उखु खेतमा शव फालिएको अवस्थामा फेला पारेकाे स्थानीय राजेश मेहताले बताए।

सियापतिका तीन छोरी एक छोरा छन् भने उनका श्रीमान खेती मजदुरी गर्दै आएका छन्। बाराकी प्रहरी उपरिक्षक मिरा चौधरीले उनको घाटी रेटेर हत्या गरिएको बताउँदै घटनाको अनुसन्धान थालिएको बताइन्।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...