Friday 26th April 2024

साप्ताहिक राशिफल(असोज ५ गते देखि ११ गते सम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष :

अध्ययनमा लगानीअनुरूप नै सफलता हात लाग्नेछ । अवसरका लागि क्षमतावान् व्यक्तिसँग प्रतिस्पर्धा हुनसक्छ । परिश्रम तथा बुद्धिको सहायताले उचाइमा पुग्न सकिनेछ । परिवारजनको भावनालाई आत्मसात् गर्दा समस्या पहिचान गर्न मद्दत मिल्नेछ । आलोचना गर्ने आफन्तजन नजिकिनेछन् । भोज–भतेरमा संयमित रूपमा प्रस्तुत हुनुहोला ।

वृष :

भविष्यका निम्ति दिगो जग बसाउने बेला आएको छ । नयाँ संगतमा प्रेम अंकुरित हुनसक्छ । छोटो समयमै घुलमिल हुन खोज्नेहरूसँग सचेत रहुनुहोला । मान्यजनको सुझाव आत्मसात् गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा गरिएका प्रयास लक्ष्यमा पुग्नेछन् ।

मिथुन :

काममा सफलता मिल्नेछ । व्यवसायबाट लाभ लिन केही समय कुर्नुपर्नेछ । सामाजिक काममा सहभागी हुने अवसर जुट्नेछ । साथीभाइसँगको सम्बन्ध प्रगाढ रहनेछ । खराब आचरण हुनेहरूले जालझेल गर्न सक्छन् । प्रलोभन देखाउनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने प्रयास गर्नुहोला ।

कर्कट :

आर्थिक लगानीबाट सन्तोषजनक परिणाम हात लाग्नेछ । कार्य क्षमतामा वृद्धि भै सोचेका कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन् । प्रेमी–प्रेमिकाबीचको मधुरताले पारस्पारिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउनेछ । दुर्घटनाबाट जोगिन संयमको खाँचो छ । सेतो रंगको प्रयोग फलदायक रहला ।

सिंह : 

पारिवारिक जिम्मेवारीले मन पिरोल्न सक्छ । परिस्थितिलाई बेवास्ता गरियो भने समस्या निम्तिन सक्छ । मन पराउने साथीहरू नजिक हुन खोज्दैछन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । भोज–भतेरमा सहभागी हुँदा समय तथा स्वास्थप्रति सचेत रहनुहोला । रातो पहिरनले विविध अवसर दिलाउनेछ ।

कन्या :

कार्यव्यस्तताले गर्दा परिवारका सदस्यहरू रुष्ट हुन सक्छन् । घर–परिवारलाई पनि समय दिनुहोला । विभिन्न अवसरले पिछा गरेको अवस्था छ । आम्दानी राम्रै भए पनि खर्चले पिरोल्न सक्छ । प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनुमै आफ्नो कल्याण छ ।

तुला : 

लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन् । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । कामका विभिन्न अवसर जुट्नेछन् । दोष थुपार्नेहरू प्रशंसा गर्न थाल्नेछन् । अरुको मुख नताकी निर्णय लिँदा थप अवसरको ढाको खुल्नेछ । यात्रा गर्दा मौसमको ख्याल गर्नुहोला ।

वृश्चिक :

भोज–भतेरमा पुराना मित्रसँगको भेटले पर्याप्त मनोरञ्जन प्रदान गर्नेछ । भौतिक सुखबाट मात्र ढुक्क हुन नसकिएला । विश्वास पात्रले कुरा काटदा मन खिन्न हुनेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । साताको अन्त्यमा पूण्य कर्मतर्फ रुचि बढ्नेछ ।

धनु :

नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । भविष्यको चिन्ताले सताउन सक्छ । स्वार्थी साथीहरूका कारण मन खिन्न हुनेछ । काम सम्पन्न गर्ने क्रममा अपजसको सामना गर्नुपर्ला । सामाजिक कामले संयमित रहन प्रेरित गर्नेछ । परिवर्तित मौसमका कारण स्वास्थ्य बाधा हुनसक्छ ।

मकर : 

मेहनतले कार्य सम्पन्न गर्न सहज बनाउनेछ । प्रेमी–प्रेमिकाबीचको तितोपन अझ वृद्धि हुन सक्छ । कम बोल्नुमै फाइदा होला । बलमिच्याइँ गरे काम बिग्रने सम्भावना छ । विदेश जाने प्रक्रियामा बढी खर्च भए पनि ढिलो गरी सफलता हात लाग्नेछ ।

कुम्भ : 

गोपनीयतामा विशेष ध्यान दिनुहोला । कुरा काट्नेहरू सलबलाएको अवस्था छ । मनभित्र उब्जिएको चञ्चलतामा संयमित रहनुमै आफ्नो कल्याण छ । अधुरा काम क्रमिक रूपमा सुचारु हुनेछन् । अबेरसम्म यात्रा गर्दा ध्यान पुर्‍याउनुहोला ।

मीन :

आफ्नै जुक्ति बुद्धिले प्रतिकूल अवस्थालाई अनुकूल बनाउन सकिनेछ । आर्थिक पक्ष सबल हुँदै जानेछ । विदेश भ्रमणको अवसर जुट्न सक्छ । नगद सापटी लिएकाहरूले कारोबारमा जालझेल गरी झुक्याउन सक्छन् । चिसो वातवरणमा स्वास्थ्य प्रतिकूल हुनसक्छ, सावधानी अपनाउनुहोला ।

 


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...